Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काभ्रेपलाञ्चोक

सरकारी–सार्वजनिक–निजी जग्गाको सीमा छट्याउँदै काभ्रेपलाञ्चोकका स्थानीय तह

काभ्रेपलाञ्चोकका दुई स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा निजी जग्गाको सीमाङ्कन गर्न थालेका छन् । जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा राष्ट्रिय वन क्षेत्रको अतिक्रमणलाई स्थायीरूपमा नियन्त्रण र व्यवस्थापन गर्न रेखाङ्कनको काम अघि बढाएका हुन् ।
रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

काभ्रेपलाञ्चोक, १२ कात्तिकः काभ्रेपलाञ्चोकका दुई स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा निजी जग्गाको सीमाङ्कन गर्न थालेका छन् । जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा राष्ट्रिय वन क्षेत्रको अतिक्रमणलाई स्थायीरूपमा नियन्त्रण र व्यवस्थापन गर्न रेखाङ्कनको काम अघि बढाएका हुन् ।

नमोबुद्ध नगरको गत असोज अन्तिम साताको बैठकले नगरको वडा नं ३ र ४ का सामुदायिक वन क्षेत्रमा देखिएको अतिक्रमणको समस्यालाई तत्काल समाधान गर्ने निर्णय गरेको थियो । सो बैठकले वडा नं ३ स्थित चरुवा र भैँसिनकोट सामुदायिक वन तथा वडा नं ४ को साउने पाखा पात्ले रुन्टो पर्दली पाखा सामुदायिक वनको जग्गा अतिक्रमण नियन्त्रणका लागि रेखाङ्कनको काम सुरु गर्ने निर्णय गरेको थियो । सो कार्यका लागि नगर उपप्रमुख रत्न लामाको संयोजकत्वमा छ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।

समितिमा सम्बन्धित वडाका वडाअध्यक्ष, नगरको नापी शाखा प्रमुख, सब–डिभिजन वन कार्यालयका वन अधिकृत, र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वा सचिव रहने व्यवस्था गरिएको छ । “विभिन्न व्यक्ति, उद्योग, समूह वा संस्थाले व्यक्तिगत स्वार्थका लागि सार्वजनिक र वन क्षेत्र अतिक्रमण गरेको भन्दै उजुरी परेपछि यो कदम चालेको हौँ,” नगरप्रमुख कुन्साङ लामाले भन्नुभयो । उहाँका अनुसार यही सातादेखि जग्गा नापजाँच, रेखाङ्कन र स्थायी पिलर गाडेर सीमा छुट्याउने काम सुरु गरिएको छ ।

समितिलाई चार महिनाको समयसीमा दिइएको र सो अवधिभित्र काम सम्पन्न गरी कार्यान्वयनका लागि प्रतिवेदन नमोबुद्ध नगरपालिका र डिभिजन वन कार्यालयमा बुझाउन समितिलाई निर्देशन दिइएको प्रमुख लामाले बताउनुभयो । उहाँका अनुसार जग्गा रेखाङ्कनलगायतका कामका लागि नगरले नै खर्च ब्यहोर्ने छ । जग्गा नापजाँचका क्रममा सुकुम्वासी वा अव्यवस्थित बसोबासीबाहेक अन्य व्यक्ति वा संस्थाले जानाजानी सार्वजनिक तथा सरकारी वन अतिक्रमण गरेको पाइएमा सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गराइने छ । तोकिएको समयभित्र जग्गा खाली नगरेमा डिभिजन वन कार्यालय र नगरपालिकाले कानुनी प्रक्रिया पूरा गरी बल प्रयोग गरेरै भए पनि जग्गा फिर्ता ल्याउने र अतिक्रमणकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ ।

यसअघि काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोट र आसपासका भू–भागमा अनियन्त्रित भौतिक संरचना निर्माण र अतिक्रमण रोक्ने उद्देश्यले सरकारी, सार्वजनिक तथा निजी जग्गाको यथार्थ सीमाङ्कन थालिएको थियो । काभे्रपलाञ्चोकको मण्डनदेउपुर नगर र जिल्लास्थित नापी कार्यालयको संयक्त पहलमा सञ्चालित पहिलो चरणको फिल्ड रेखाङ्कनकार्यमार्फत ४८ भन्दाबढी जग्गाधनी तथा सरकारी÷सार्वजनिक जग्गाको सीमा यकिन गरिएको थियो । मण्डनदेउपुरको वडा नं १, २ र ३ को माथिल्लो क्षेत्र नगरकोट, नाल्दुम तथा ठूलीचौर इलाकामा तीव्ररूपमा भौतिक संरचना विस्तार भइरहेका बेला नापी कार्यालयको प्राविधिक सहयोगमा प्राविधिक टोली परिचालन गरी जग्गाको रेखाङ्कन गरिएको छ ।

नापी कार्यालयका अधिकृत जयराम तामाङ नेतृत्वको प्राविधिक टोलीले एक महिनाको अवधिमा नगरकोट क्षेत्रको जग्गाको रेखाङ्कनको काम सम्पन्न गरेको हो । प्राविधिक टोलीले तयार पारेको रेखाङ्कनको पहिलो चरणको प्रतिवेदन गत असोज तेस्रो साता नगरपालिकालाई हस्तान्तरण पनि गरेको छ ।

अधिकृत तामाङका अनुसार नगरकोट क्षेत्रको जग्गा रेखाङ्कन गर्न आधुनिक ‘डिजिपिएस’ प्रविधिमार्फत ५२ भन्दा बढी सहायक नियन्त्रण बिन्दु स्थापना गरी प्राविधिक विवरणअनुसार हालको भोगचलन, घर, बाटो र कम्पाउण्डको डिजिटल नापजाँच गरी त्यसलाई विसं २०३२ सालको साबिक कित्ता नापी नक्साका आधारमा सीमा एकिन गरिएको हो । समयक्रमसँगै पुराना प्राकृतिक सिमाना (खोल्सा, कान्ला, ढुङ्गे पर्खाल) मेटिँदै जानु र घना वनजङ्गलका कारण डिजिपिएसको सिग्नल पाउन समस्या भए पनि जनप्रतिनिधि र स्थानीयको सक्रिय सहभागिताले पहिलो चरणको कार्य सफल भएको छ ।

  • काभ्रेपलाञ्चोक
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

  • तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

    तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

  • Post Thumbnail

    अदालतबाट सजाय तोकिएका कसुरदार पक्राउ

  • Post Thumbnail

    स्थानीय सरकारका लागि सडक सुरक्षा पुस्तिका सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

    Post Thumbnail

    सरकारी–सार्वजनिक–निजी जग्गाको सीमा छट्याउँदै काभ्रेपलाञ्चोकका स्थानीय तह

    आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

    विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution