
सुनसरी, ११ कात्तिकः सुनसरीमा सशस्त्र प्रहरीले रु २५ लाख ४० हजार ९८३ बराबरका अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरी तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले यही कात्तिक १ देखि १० गतेसम्म नेपाल भारत सीमा क्षेत्रबाट भन्सार छली गरी भित्र्याइएका किराना सामान,लत्ताकपडा तथा सवारीसाधन बरामद गरेको हो ।
सशस्त्र प्रहरीले मङ्गलबार मात्रै बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजार क्षेत्रबाट रु १० लाख ५० हजार बराबरका लत्ताकपडा र दुईवटा मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख लवकुमार सापकोटाले जानकारी दिनुभयो ।
प्रमुख सापकोटाका अनुसार १० दिनको अवधिमा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका सामान बरामद गरिएको हो । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |