
काठमाडौँ, १० कात्तिक : वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन पाँच सदस्यीय नेपाली खेलाडी टोली आज दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेको छ ।
यही अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट तीन पुरुष र दुई महिला खेलाडी सहभागी हुने छन् । पुरुषमा रोनक उप्रेती, तन्जिङ बर्टिन राई र शुलभ राई तथा महिलामा स्वस्तिका चौधरी र मनीषा बुढा मगर रहेका छन् ।
खेलाडीले बाउडरिङ विधामा प्रतिस्पर्धा गर्ने छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आजै यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |