Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुआत गरेको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (१ घण्टा अघि)
नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

काठमाडौँ, १० कात्तिक : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुआत गरेको छ ।

आज भएको पहिलो खेलमा विराटनगर किङ्सलाई ८ रनले हराउँदै चितवनले प्रतियोगितामा विजयी सुरुआत गरेको हो । विराटनगरले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । आफ्नो पहिलो खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य विराटनगर १९.३ ओभरमा १४९ रनमा मात्र अलआउट भयो ।

उसका लागि प्रारम्भिक ब्याटर इमरान शेखले ३१ बलमा ४ चौका र २ छक्कासहित ३९ रनको पारी खेले । यस्तै, आन्द्रे रसेलले १७ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ३३ रन बनाए । लोकेश बम २६, शुभम रञ्जने १०, बसिर अहमद १३, एन्जेलो म्याथ्युज १४ रनमा आउट भए ।

चितवन राइनोजका लागि बलिङतर्फ कमल सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा २६ रन दिएर सर्वाधिक ४ विकेट लिए । यस्तै, रिजन ढकालले २ तथा टम टेलर, मौसम ढकाल, ड्यान मोस्ली र रञ्जित कुमारले समान १/१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन बनायो । उसका लागि ओपनर डेविड मलानले अर्धशतकीय पारी खेले ।

उनले ५० बलमा ५ चौका र ५ छक्कासहित ७० रनको पारी खेलेका हुन् । यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असाङ्काले समान १÷१ विकेट लिए । प्रतियोगितामा आज नै हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने छन् । यी दुई टोलीबीचको खेल अपरान्ह ५ः०० बजेदेखि सुरु हुनेछ ।

जारी संस्करणको एनपिएलमा पनि आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

  • काठमाडौँ
  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

    एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

  • Post Thumbnail

    एनपिएलः चितवनविरुद्ध विराटनगर फिल्डिङमा

  • Post Thumbnail

    एनपिएलमा आज दुईवटा खेल

  • Post Thumbnail

    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

    Post Thumbnail

    सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

    नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution