Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि पोखरामा सुरु भएको छ । आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी स्वरूप टोलीको बन्द प्रशिक्षण पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको हो ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

कास्की, १० कात्तिक : नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि पोखरामा सुरु भएको छ । आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी स्वरूप टोलीको बन्द प्रशिक्षण पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताको तयारीका लागि प्रारम्भिक चरणमा २८ खेलाडी छनोट गरी पोखरा क्रिकेट मैदानमा बन्द प्रशिक्षण सञ्चालन गरेको हो ।

एसिया कप यही कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा आयोजना हुँदैछ । टोलीले पोखरामा पाँच दिन प्रशिक्षण गर्नेछ । सो क्रममा चार वटा अभ्यास खेलसमेत खेल्ने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

पोखरामा सञ्चालन भएको बन्द प्रशिक्षणबाट खेलाडीको क्षमता र प्रदर्शन मूल्याङ्कन गरी १४ सदस्सीय अन्तिम टोली छनोट गरिनेछ ।

पोखरा रङ्गशालाको क्रिकेट मैदान पछिल्लो समय उमेर तथा सिनियर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि रोजाइमा पर्ने गरेको छ । काठमाडौँस्थित क्रिकेट मैदानमा निरन्तरजस्तो प्रतियोगिता हुने गरेकाले बन्द प्रशिक्षणका लागि पोखरा छनोट पर्ने गरेको हो । “पोखराको वातावरण र यहाँको मैदानका कारणले बन्द प्रशिक्षण तथा अभ्यास खेलका लागिसमेत छनोटमा पर्ने गरेको छ । यसबाट यहाँको क्रिकेट खेल विकास र प्रवर्द्धनमा सहयोग पुगेको छ”, प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सिग्देलले भन्नुभयो ।

बन्द प्रशिक्षणका लागि पोखरा आएको टोलीलाई कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दीपेन्द्रप्रताप चन्द लगायतले पोखरा रङ्गशालामा स्वागत गर्नुभएको थियो । ओमानमा आयोजना हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । नेपालले पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्नेछ ।

  • काठमाडौँ
  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

    क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

  • एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

    एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

  • Post Thumbnail

    कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

  • नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

    कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

    अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

    अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

    क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

    क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

    वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

    वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution