Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट गर्नुभएको छ ।
रासस ११५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (१ घण्टा अघि)
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

काठमाडौँ, १० कात्तिक : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरूसँग सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा मन्त्री चौधरीले ‘लिभिङ सगरमाथाः माउन्टेन एजेन्डा’ स्वीकृत भइसकेको जानकारी दिँदै यही कात्तिक १२ गते काठमाडौँमा आयोजना हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनका अवसरमा उक्त एजेन्डा सार्वजनिक गरिने बताउनुभयो ।

कोप–३१ मा नेपालको जलवायुजन्य विपद्का अनुभव, प्रभाव तथा चुनौतीलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न विशेष प्याभिलियन स्थापना गर्ने तयारीबारे छलफल भएको थियो । उक्त प्याभिलियन सञ्चालनका लागि आवश्यक खर्च व्यवस्थापनमा संयुक्त राष्ट्रसङ्घीय निकायबाट सहयोग अपेक्षा गरिएको मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।

भोटेकोशी बाढीलगायत जलवायुजन्य विपद्का विषयलाई अन्तरराष्ट्रियस्तरमा प्राथमिकताका साथ उठाउन सरकारी निकायहरूको प्रतिनिधित्व र सहयोग आवश्यक रहेकामा मन्त्री चौधरीले जोड दिनुभयो ।

कोप–३१ मा युवा पुस्ता, विशेषगरी जेनजी युवा तथा सञ्चारकर्मीहरूको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सहयोगका विषयमा पनि संयुक्त राष्ट्रसङ्घीय निकायहरूसँग छलफल भएको थियो ।

बैठकमा जलवायु परिवर्तनका असर न्यूनीकरण, नेपालको जलवायुजन्य विपद्का अनुभव र चुनौतीलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने तथा सरकार, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय र नागरिक समाजबीच सहकार्य सुदृढ गर्ने विषयमा जोड दिइएको थियो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

    अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

  • Post Thumbnail

    सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

  • उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता

    उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता

  • चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

    कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

    अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

    अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

    क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

    क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

    वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

    वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution