Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’

यस पटकको दसैँमा कर्णालीवासीले आनन्दको अनुभूति गरेका छन् । देश–विदेशबाट दसैँ मनाउन घर फर्केका उनीहरुको यात्रा कष्टकर त बन्यो, यद्यपि गन्तव्य पुग्दासम्म कुनै पीडादायक घटना व्यहोर्न परेन ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

कर्णाली, ९ कात्तिकः यस पटकको दसैँमा कर्णालीवासीले आनन्दको अनुभूति गरेका छन् । देश–विदेशबाट दसैँ मनाउन घर फर्केका उनीहरुको यात्रा कष्टकर त बन्यो, यद्यपि गन्तव्य पुग्दासम्म कुनै पीडादायक घटना व्यहोर्न परेन । मौसम अनुकूल नै बन्यो । प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्नुपर्ने अवस्था आएन ।

दसैँ तथा तिहारका लागि घर फर्केका यात्रुहरुका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले निर्माण गरेको ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८३’ को प्रभावकारी कार्यान्वयन गर्यो । सो योजना असोज २५ देखि कात्तिक ३० गतेसम्मको अवधिमा लागू गर्ने गरी कार्यान्वयनमा ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।

सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त तुल्याउने उद्देश्यले निर्मित ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८३’ प्रदेश प्रहरी मातहतका दशवटै जिल्लाहरुमा कार्यान्वयन आएको प्रहरी नायब महानिरीक्षक सापकोटाले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका सबै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा सुदृढ बनाउन पाँच हजार ३१४ प्रहरी परिचालन गरिएको छ ।

सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद नेपाल प्रहरी अहोरात्र खटिएको बताउँदै उहाँले जुवातास र सामान्य सवारी दुर्घटना जस्ता छिटपुट घटना घटे पनि जनधनको ठूलो क्षति हुने खालका कुनै दुर्घटना नभएको जनाउनुभयो । सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन र प्रहरी परिचालनको उचित व्यवस्थापनले अप्रिय घटना हुन नसकेको प्रहरी नायब महानिरीक्षक सापकोटाको भनाइ छ ।

तिला गाउँपालिका–५ जुम्लाका रणबहादुर रावतले दसैँ पर्व सुरक्षितसँग मनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतभन्दा यस वर्षको कर्णालीवासीको दसैँ शान्त र सुरक्षित बन्यो । कहीँकतै छिटपुट घटना घटे पनि त्यस्ता दुःखद र डरलग्दा घटनाहरु सुन्नु परेन । अकल्पनीय र अत्यास लाग्दा दुर्घटना भोग्न परेन । बरु १० वर्षसम्म पनि भेट हुन नसकेका आफन्तहरुसँग यो वर्ष मिलन हुने अवसर जुट्यो । यो नै हाम्रा लागि धेरै खुसीको कुरा हो ।”

त्यस्तै, भैरवी गाउँपालिका–३ दैलेख निवासी दुर्गा गौतम सापकोटाले यस वर्षको दसैँ आफन्तहरुसँगको मिलनले आनन्दमय तरिकाले मनाइएको बताउनुभयो । “आफ्नै कला, संस्कृति र वेशभूषामा सजिएर परिवार तथा आफन्तबीच सुख, दुःख साटासाट गर्ने अवसर जुट्यो,” उहाँले भन्नुभयो, “वर्षौंदेखि टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ । यो दसैँको अवधिभर कर्णालीमा कहीँकतै नराम्रा घटना घटेको सुनिएन । यो जस्तो सुखद् कुरा अरू के हुन सक्छ ।”

दसैँसहित दीपावलीमा पनि सुरक्षा योजना कार्यान्वयन गर्न गराउन कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका प्रहरी कार्यालय पनि गरी जम्मा एक हजार ४६२ ड्युटीमा पाँच हजार ३१४ प्रहरी खटाउनाका साथै मोबाइल गस्ती २८, मोटरसाइकल गस्ती ९८, द्रुत प्रतिकार्य टोली ६०, पैदल गस्ती १४८, लामो तथा छोटो दूरीका गस्ती २०४ वटा रहेका छन् परिचालन गरेको छ ।

त्यस्तै, विशेष, नियमित तथा आकस्मिक चेकिङ ६७, ट्र«ाफिकसहितको संयुक्त चेकिङ ४७, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलको ३८, यात्रु तथा नागरिक सहायता कक्ष ३७, बैङ्क तथा वित्तीय सङ्घसंस्था, सुरुक्षा तथा बजार अनुगमन ३१, विशिष्ट व्यक्तिको सुरुक्षा १०, माइकिङ प्रचारप्रसार ३४ र अन्य ड्युटीसमेत गरेर ४९४ स्थानमा प्रहरी ड्युटी राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

  • कर्णाली
  • जुम्ला
  • दैलेख
  • नेपाल प्रहरी
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती

  • Post Thumbnail

    कोदो खेती घट्दो, पिठोको माग उच्च

  • Post Thumbnail

    किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

  • Post Thumbnail

    धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

    Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

    इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु

    इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु

    Post Thumbnail

    कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution