Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत आपूर्ति पूर्ववत् भएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ९, आईतबार (१ दिन अघि)
बाढी पहिरो प्रभावित स्थानमा  विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी, ८ कात्तिक : गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत आपूर्ति पूर्ववत् भएको छ ।

नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति पूर्ववत् गरेका हुन् । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिबार बत्ती बलेको जानकारी दिनुभयो । “धेरै ठाउँमा दुई/तीन दिनमै विद्युत आपूर्ति गराएका थियौ । पाउद्धार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र कमजदुरहरु दसँैको समयमा रातीसम्म परिचालन भयौ,” उहाँले भन्नुभयो “कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत आपुर्ति गराएका छौ । दोस्रो चरणमा थप मर्मत गरि विद्युत आपुर्तिलाई नियमित र ब्यवस्थित बनाउने प्रयासमा छौ ।”

म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनीका सहित २४ हजार चार सय ९० ग्राहक छन् । तातोपानी वितरण केन्द्र अन्र्तगत अन्नपूर्ण गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा सहित मुस्ताङमा विद्युत आपूर्ति हुन्छ ।

बाढी पहिरोले प्राधिकरणको ३३÷११ केभीको प्रशारण, वितरण लाइनका दुई सय ५० वटा पोल र त्यहाँ तानिएका तार क्षति गरेको थियो । कुल रु. एक करोड ५० लाख क्षति पुगेको प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट तर्फबाट विद्युत आपूर्ति गरिएको छ । यस क्षेत्रमा यसअघि महभिरतर्फबाट विद्युत आपूर्ति हुने गरेको थियो ।

पाउद्धारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत आपूर्ति गराइएको बेनी वितरण केन्द्रका प्रमुख गामीले बताउनुभयो । विद्युत आपूर्ति हुन थालेपछि ग्रामीण क्षेत्रको जनजीवन सहज हुन थालेको छ । –––

  • पर्वत
  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    कसले सुनिदिने किसानका पीडा ?

  • गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही

    गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही

  • आलेखःकुहिरोको घुम्टोमा मानुङकोट

    आलेखःकुहिरोको घुम्टोमा मानुङकोट

  • बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

    बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

    Post Thumbnail

    कसले सुनिदिने किसानका पीडा ?

    सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

    सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

    Post Thumbnail

    दसैँ बिदा सकिएसँगै हेटौँडामा चहलपहल बढ्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution