
बागमती, ९ कात्तिकः दसैँ बिदा सकिएसँगै आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा चहलपहल बढ्दै गएको छ ।
बिदा सकिएको र आजैदेखि कार्यालय खुलेका कारण विभिन्न काम लिएर सर्वसाधारण कार्यालयमा पुग्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा कार्यालय खुलेसँगै सेवाग्राही आउन थाले पनि आज धेरै चाप भने नरहेको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिनुभयो ।
दसैँ बिदाका समयमा शान्ति सुरक्षालगायत समग्र जिल्लाको अवस्था सामान्य नै रहेको उहाँले जानकारी दिनुभयो । बिदाका समयमा अन्यत्र स्थायी बसोबास भई विभिन्न सेवा, पेसा र व्यवसायका कारण हेटौँडामा बस्दै आएका व्यक्ति परिवारजनसहित घर तथा गाउँमा गएकोमा बिदा सकिएसँगै फर्कन थालेपछि बजार क्षेत्रमा पनि चहपहल बढ्दै गएको व्यवसायी बताउँछन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |