
भोजपुर, १ कात्तिक : नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ ।
विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् । सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो । विशेष गरी घरायसी कामदेखि धार्मिक तथा सांस्कृतिक कार्यसम्म माटाका भाँडाको प्रयोग अधिक हुन्थ्यो । यस्ता भाँडा गाउँघरको मौलिक परम्परा र पहिचानका रुपमा पनि थिए । अहिले ती भाडाको स्थानमा प्लास्टिक, स्टिललगायतका भाँडाले लिन थालेका छन् ।
अरुण गाउँपालिका–७ का स्थानीय लक्ष्मीप्रसाद अधिकारीका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा यो परम्परागत पेसा सङ्कटमा परेको हो । माटाका सामग्री बनाउन माटो छनोट गर्ने, त्यसलाई मुछ्ने, आवश्यक आकार दिने र प्रयोगयोग्य बनाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । यसका लागि सीप, अनुभव र समय आवश्यक पर्ने भएकाले पनि नयाँ पुस्ता यस पेसातर्फ आकर्षित हुन नसकेको उहाँको बुझाइ छ ।
रामप्रसादराई गाउँपालिका–८ बासी रुपमान श्रेष्ठ माटाका सामग्रीको प्रयोग घट्दै जाँदा तिनलाई बनाउने सीप र त्यससँग जोडिएको मौलिक संस्कृति पनि हराउने जोखिम बढेको बताउनुहुन्छ । स्थानीयस्तरमा सीप सिकाउदै परम्परागत सामग्रीको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराएर यसको प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |