Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
लमजुङ

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २, आईतबार (५५ मिनेट अघि)
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ, १ कात्तिकः हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ ।

विगतमा दसैँ नजिकिएसँगै रातो माटो र कमेरोले घर पोत्दा गाउँबस्ती नै रङ्गीन र चहलपहलपूर्ण देखिन्थेपरम्परागत शैलीमा घर पोत्ने चलन अहिले लगभग लोप भइसकेको छ । सिमेन्टले प्लास्टर गरिएका र आधुनिक रङ लगाइएका घर बढेसँगै दसैँको आगमनसँग जोडिएको गाउँको त्यो पुरानो रौनक पनि हराउँदै गएको छ ।

विगतमा दसैँ नजिकिएसँगै गाउँघरमा रातो माटो र कमेरो खोजेर ल्याउने, घरका भित्ता पोत्ने, ढोका–झ्यालमा रँगाउने र बाटाघाटा सफा गर्ने चटारो हुन्थ्यो । गाउँलेहरू मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउने चलन दसैँको तयारीसँगै जोडिएको थियो । केही वर्षदेखि लमजुङका गाउँबस्तीमा यो परम्परा क्रमशः हराउँदै गएको छ ।

आधुनिक घर निर्माण, सिमेन्टको प्रयोग, बजारमा पाइने रङको बढ्दो चलन र बसाइँसराइका कारण रातो माटो र कमेरोले घर पोत्ने परम्परा कमजोर बन्दै गएको स्थानीय बताउँछन्। कुनै समय गाउँका घरलाई दसैँका लागि नयाँ रूप दिने र छरछिमेकबीच सहकार्य बढाउने यो चलन अहिले विरलै देखिन थालेको छ ।

बेँसीसहर नगरपालिका–११, चितीका ७२ वर्षीय हरिकृष्ण तिवारीलाई दसैँअघि गाउँमा हुने पुरानो चहलपहल अझै सम्झना छ। उहाँका अनुसार पहिले गाउँलेहरू आधा घण्टादेखि एक घण्टासम्म पैदल हिँडेर जङ्गलनजिकका ठाउँमा पुग्थे र घर पोत्न रातो माटो खनेर ल्याउँथे। त्यसपछि घरका भित्ता रातो माटो र कमेरोले पोत्ने, ढोका–झ्यालमा कालो रङ लगाउने तथा बाटोघाटो सफा गर्ने गरिन्थ्यो ।

घर पोत्ने काम घरधनीको मात्र जिम्मेवारी हुँदैनथ्यो । गाउँलेहरू मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउँथे । घरमा वृद्धवृद्धा मात्रै रहेका वा आफैँले घर पोत्न नसक्ने परिवारलाई छिमेकीले माटो ल्याइदिने र आवश्यक सामग्री जुटाउन सहयोग गर्ने चलन थियो । पहिलेको जस्तो आपसी सहयोग र सहकार्य कमजोर हुँदै गएको तिवारीको अनुभव छ ।

रोजगारी तथा अन्य अवसरको खोजीमा परिवारका सदस्य गाउँबाहिर जाने क्रम बढेको, कतिपय घर खाली रहेको र कतिपयमा वृद्धवृद्धा मात्रै बस्ने गरेकाले गाउँको पुरानो चहलपहल घटेको उहाँले बताउनुभयो ।

तिवारीको आफ्नै घरमा पनि यो परिवर्तन देखिएको छ । उहाँका अनुसार २०७२ सालको भूकम्पअघि उहाँको घर परम्परागत शैलीको थियो र त्यसमा रातो माटो तथा कमेरो पोत्ने गरिन्थ्यो । भूकम्पपछि नयाँ घर निर्माण गर्दा पुरानो बनावट कायम नरहेकाले अहिले पहिलेझैँ घर पोत्ने अवस्था नरहेको उहाँले बताउनुभयो।

दोर्दी गाउँपालिका–४, नौथरसेराका लक्ष्मण गुरुङका अनुसार पुराना घरको सङ्ख्या घट्दै जानु र नयाँ घरमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्नुले यो परम्परा हराउँदै गएको हो। पहिले गाउँका धेरैजसो घरमा रातो माटो र कमेरो पोतिने गरे पनि अहिले पुराना घरमा समेत सिमेन्टको प्लास्टर गर्ने चलन बढेको उहाँले बताउनुभयो ।

बेँसीसहर नगरपालिका–३, गाउँसहरका केही घरमा अझै रातो माटो र कमेरोले पोत्ने परम्परा कायम छ। लमजुङ दरबारनजिकै रहेको गाउँसहरका केही स्थानीयले परम्परागत शैलीमा घर पोतेर गाउँबस्ती सफा र आकर्षक राख्ने अभ्यासलाई निरन्तरता दिँदै आएका छन् ।

स्थानीय सुरेश श्रेष्ठका अनुसार गाउँसहरका केही घरमा अझै रातो माटो र कमेरोले पोत्ने गरिन्छ । आधुनिक घर निर्माण बढ्दै जानु र पुराना घर भत्काएर नयाँ संरचना बनाउने क्रमले यो परम्परा पनि क्रमशः हराउने जोखिम बढेको उहाँले बताउनुभयो ।

रातो माटो र कमेरोले घर पोत्ने चलन घर सजाउने तरिका मात्रै थिएन । यसमा स्थानीय स्रोतसाधनको प्रयोग, परम्परागत सीप र छरछिमेकबीचको सहकार्य जोडिएको थियो । दसैँअघि गाउँलेहरू मिलेर गर्ने कामले सामूहिकता र आपसी सहयोगलाई पनि बलियो बनाउँथ्यो । बदलिँदो ग्रामीण जीवनशैलीसँगै यो अभ्यास कमजोर हुँदा गाउँका भित्ताबाट रातो माटो र कमेरोको रङसँगै चाडपर्वमा मिलेर काम गर्ने पुरानो परम्परा पनि लोप भएको छ ।

  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

    माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

  • Post Thumbnail

    चितवनका कैदीबन्दीलाई दसैँको उत्साह छैन

  • Post Thumbnail

    बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब रु आठ लाख सहयोग

  • ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    Post Thumbnail

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    Post Thumbnail

    कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution