Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), ३१ असोजः चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

अस्पतालका निर्देशक प्रा डा गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले सेवा पाउन सकुन् भनी सेवा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त अवधिमा रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवा पनि नियमित सञ्चालन हुनेछन् ।

डा देवले भन्नुभयो, “दसैँका समयमा पनि चितवन मेडिकल कलेजले आफ्नो सेवालाई निरन्तरता दिनेछ । हामी सकेसम्म सबै स्वस्थ रहनुहोस् भन्ने चाहन्छौँ । तर बिरामी हुनुभयो वा कुनै स्वास्थ्य समस्या देखियो भने अस्पताल आउनुहोला, सेवा दिन तयार छौँ ।”

चाडपर्वका समयमा हुनसक्ने दुर्घटनाका घाइते, हृदयाघात, खाना अपच तथा झाडापखालालगायतका समस्या बढी देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सकसहित आकस्मिक कक्षबाटै उपचार सेवा दिने व्यवस्था गरिएको उहाँले स्पष्ट गर्नुभयो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले दसैँ बिदाका समयमा अस्पताल बन्द हुने आशङ्काले बिरामी अन्योलमा पर्नसक्ने भएकाले सेवा सञ्चालनबारे जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो । अन्य कतिपय अस्पतालमा नियमित सेवा बन्द वा सीमित हुने भएकाले बिरामीलाई असहज नहोस् भन्ने उद्देश्यले आकस्मिक कक्षलाई थप चुस्त बनाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , “आकस्मिक कक्षमा थप डेस्क राखेर ओपिडी सेवा लिनुपर्ने बिरामीलाई पनि सेवा दिने गरी तयारी गरेका छौँ ।”

पुराना रोग भएका बिरामीलाई नियमित परामर्श आवश्यक पर्नसक्ने र आकस्मिक स्वास्थ्य समस्या जुनसुकै समयमा पनि उत्पन्न हुनसक्ने भएकाले अस्पतालले सेवा सञ्चालनलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

  • चितवन
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

    दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

  • १२ शय्याबाट थालनी भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो छर्दै

    १२ शय्याबाट थालनी भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो छर्दै

  • Post Thumbnail

    दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न आग्रह

  • Post Thumbnail

    काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

    दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

    जुम्लामा मार्सीधान  काट्ने चटारो

    जुम्लामा मार्सीधान काट्ने चटारो

    सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

    सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

    Post Thumbnail

    दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution