
काठमाडौँ, १ कात्तिकः विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना गरेको ‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि वडा नं ५ रतचुरा टोलीले हात पारेको छ ।
खनियाखर्कस्थित खेल मैदानमा भएको सो प्रतियोगितामा वडा नं १ डुडभञ्ज्याङ दोस्रो, वडा नं ५ खनियाँखर्क तेस्रो र वडा नं १ डुडभञ्ज्याङ टोली सान्त्वना भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु ५० हजार, दोस्रोले रु ३० हजार, तेस्रोले रु २० हजार र सान्त्वना हुने टिमले रु १० हजारसहित शिल्ड र मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न सात वटा टिमले भाग लिएको थियो ।
बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पालिकाले जनाएको छ । उक्त पालिकाले ‘अध्यक्ष कप फुटबल’सहित विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |