Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

कास्कीलाई हराउँदै नवलपुर यु–१९ क्रिकेट च्याम्पियन

पोखरा क्रिकेट रङ्गशालामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘वाईवाई यु– १९’ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार (१ दिन अघि)
Post Thumbnail

कास्की, ३१ असोजः पोखरा क्रिकेट रङ्गशालामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘वाईवाई यु– १९’ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा नवलपुर यु–१९ क्रिकेट टोलीले कास्कीलाई डकवर्थ लुइस स्टर्न (डिएलएस) पद्धतिमा ७१ रनले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो ।

नवलपुरले दिएको २०२ रनको लक्ष्य पछ्याएको कास्की वर्षाका कारणले खेल अवरुद्ध भएपछि संशोधित लक्ष्यअनुसार १७० रन बनाउनुपर्ने अवस्थामा २९ ओभरको तेस्रो बलमा ९८ रनमै अलआउट भयो । यससँगै नवलपुरले ७१ रनको जित निकाल्दै च्याम्पियन बन्न सफल भएको थियो । यसअघि टस जितेपछि ब्याटिङ गरेको नवलपुरले ४४ ओभरको चौथो बलमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो ।

नवलपुरका समिर रोकाले सर्वाधिक ४९ रन बनाउँदा समिर न्यौपानेले ३९ रन बनाए । पङ्कज यादवले २७ र दिप्सन भूर्तेलले २४ तथा रजत भूर्तेलले २३ रन बनाए । कास्कीका अनिष राउतले सर्वाधिक चार विकेट हात पारे । कास्कीका सुरज अधिकारी सर्वाधिक २४ रन बनाउँदा अनिष राउतले २३ र सम्राट अधिकारीले २१ रन बनाए ।

टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका सुशील भुसाल फाइनल खेलको उत्कृष्ट खेलाडी घोषित भए । भुसालले फाइनलमा उत्कृष्ट बलिङ गर्दै सात ओभरमा ११ रन खर्चेर चार विकेट लिए । उनको प्रभावशाली बलिङ प्रदर्शनले कास्कीलाई कम योगफलमा समेट्न महत्त्वपूर्ण योगदान पुर्‍यायो ।

यही असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकीका आठ जिल्लाको सहभागिता रहेको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा स्याङ्जा, पर्वत र नवलपुर तथा समूह ‘बी’मा कास्की, बागलुङ र तनहुँ रहेका थिए ।

  • कास्की
  • तनहुँ
  • नवलपुर
  • पर्वत
  • स्याङ्जा
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

  • Post Thumbnail

    ‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

  • Post Thumbnail

    वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

  • Post Thumbnail

    नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत विरतण

    सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

    सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

    Post Thumbnail

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    Post Thumbnail

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution