Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

मानमानेश्वरी भवानीको पायो जात्रा सुरु

लिच्छविकालीन समयदेखि शक्तिपीठ र राजकीय देवीका रूपमा पूजाआजासहित मनाउँदै आएको पायो (खड्ग) जात्रा यहाँ सुरु भएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २, आईतबार (१ दिन अघि)
Post Thumbnail

ललितपुर, १ कात्तिकः लिच्छविकालीन समयदेखि शक्तिपीठ र राजकीय देवीका रूपमा पूजाआजासहित मनाउँदै आएको पायो (खड्ग) जात्रा यहाँ सुरु भएको छ । हरेक वर्ष दसैँको फूलपातीको दिन पाटनमा रहेको मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा राखेपछि सुरु हुने यो जात्रा विभिन्न धार्मिक विधि र परम्पराका साथ त्रयोदशीसम्म मनाइन्छ ।

जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले गौरवशाली इतिहास, मौलिक संस्कृति र जीवन्त परम्पराको प्रतीकका रुपमा रहेको पायो जात्रालाई पाटनवासीले ऐतिहासिक तथा सांस्कृतिक विरासतका रुपमा लिइने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानमानेश्वरी भवानीलाई जात्राको मुख्य आकर्षण भनेको स्थानीय देवगण अर्थात् गुठियारले हातहातमा खड्ग (तरबार) बोकेर परम्परागत पहिरन र मुकुण्डो लगाएर बाजागाजाका साथ सहर तथा बस्ती परिक्रमा गर्नु हो । खड्ग जात्रा ललितपुरको पाटन दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवी, मल्ल र शाहकालीन संस्कृति बोकेको सबैभन्दा पुरानो परम्परागत जात्रा हो, यसको विशेष महत्व छ ।”

यसै सन्दर्भमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले हाम्रा जीवन्त संस्कृति, धार्मिक आस्था र अमूल्य सम्पदाको गौरवलाई उजागर गर्ने ऐतिहासिक परम्पराका रुपमा रहेको अमुर्त सम्पदाका रुपमा रहेका मल्लकालीन, लिच्छविकालीन जात्रा, पर्व सञ्चालन र संरक्षणमा महानगरसँगै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो केबल एउटा जात्रा मात्र होइन, हाम्रो पहिचान हो । हाम्रा पुर्खाको विरासत हो । यो हामीले हाम्रो भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य सांस्कृतिक सम्पत्ति हो, यिनको संरक्षण र सञ्चालनमा कुनै पनि कमी हुन दिँदैनौँ ।”

  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • दशैंमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा

    दशैंमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा

  • Post Thumbnail

    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

  • Post Thumbnail

    किन घटे मुस्ताङ आउने पर्यटक ?

  • Post Thumbnail

    पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दशैंमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा

    दशैंमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा

    Post Thumbnail

    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    Post Thumbnail

    किन घटे मुस्ताङ आउने पर्यटक ?

    Post Thumbnail

    पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution