Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १ कात्तिकः देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो ।

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको उक्त सुमो दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल र अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकस्थित सडकमा लु२ख ६९१२ नम्बरको ट्रकले को२५प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९ बबिया बस्ने ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–५ भोर्लेस्थित सडकमा प्र १–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१–००६ ख ६८४४ नम्बरको इभी गाडी एकआपसमा ठोक्किँदा सोही ठाउँ बस्ने ३० वर्षीय मोटरसाइकल चालक सुमन श्रेष्ठको मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलस्थित सडकमा ज ११ प ३०५८ नम्बरको मोरटसाइकल र म प्र ०२–००९ प ११५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही ठाउँका १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएका तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–५ झुङगी टोलस्थित सडकमा बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल र प्र १–०२–०४५ प ८९६६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ ।

रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित सडकमा बा३७प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर बस्ने ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ ।

रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरस्थित सडकमा घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको अटो आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सोही गाउँपालिका–१ घोर्नेटी बस्ने ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • उदयपुर
  • काठमाडौँ
  • खोटाङ
  • मोरङ
  • सिन्धुली
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • Post Thumbnail

    अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

  • नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

    नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

  • Post Thumbnail

    करेन्ट लागेर महिलाको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मानमानेश्वरी भवानीको पायो जात्रा सुरु

    Post Thumbnail

    अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

    Post Thumbnail

    घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

    Post Thumbnail

    देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution