Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
त्रिशूली

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २, आईतबार (१ घण्टा अघि)
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

त्रिशूली (नुवाकोट), १ कात्तिकः भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ । ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको कठिनाइलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो ।

गत भदौ १० गतेको बाढीले पुल बगाएपछि नदी वारपार गर्न स्थानीयवासीले तुइन तथा जिपलाइनको सहारा लिँदै आउनु परेको थियो । विशेषगरी बाढीबाट प्रत्यक्ष प्रभावित त्रिशूली बजारसहित नदीपारिका बस्तीमा आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो । झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतका साथै राहत सामग्री ओसारपसार र पुनःस्थापनाका काममा पनि सहज भएको छ ।

नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार पुलको मुख्य वारपार गर्ने संरचना र लट्ठा जडानको काम सम्पन्न भएपछि स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको हो । पुलका दुवैतर्फका चार स्थानमा सहायक लट्ठा बाँध्नेलगायत केही काम भने बाँकी छन् ।

“भोटेकोशी बाढीले त्रिशूली नदी र आसपासका खोला तथा नदीमाथिका संरचनामा क्षति पु¥याएपछि वारपारका लागि निर्माण गरिएको यो पुल पहिलो हो,” अध्यक्ष प्याकुरेलले भन्नुभयो, “पुलको बाँकी काम क्रमशः सम्पन्न गर्दै जानेछौँ । चाडपर्वको समयमा र बाढी प्रभावित क्षेत्रका बासिन्दाले तुइनबाट आवतजावत गर्दा भोग्नुपरेको कष्टलाई कम गर्न पूर्ण रूपमा निर्माण सम्पन्न नहुँदै सञ्चालनमा ल्याएका हौँ ।”

पुलको केही संरचना निर्माण गर्न बाँकी रहेकाले वारपारका क्रममा पुल हल्लिने समस्या रहेको छ । यद्यपि, प्राविधिकको भनाइ उल्लेख गर्दै निर्माण पक्षले पुलबाट एकैपटक ठूलो सङ्ख्यामा यात्रु आवतजावत गर्न सक्ने जनाएको छ ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीपछि त्रिशूली नदी वारपार गर्न प्रयोग गर्न मिल्ने पक्की संरचना क्षतिग्रस्त भएकाले स्थानीयवासीले जोखिमपूर्ण माध्यमबाट यात्रा गर्नुपरेको बताउनुभयो । तुइन र जिपलाइनबाट सीमित सङ्ख्यामा यात्रु वारपार गराउन सकिने अवस्थामा झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा सहजता आएको उहाँको भनाइ छ ।

पुल निर्माणका लागि रु तीन करोड १८ लाख लागत अनुमान गरिएको थियो । हालसम्म रु एक करोड ६८ लाख खर्च भएको र थप रु १० लाख बराबरको काम गर्न बाँकी रहेको निर्माण पक्षले जनाएको छ । पुल निर्माणका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले रु एक करोड ५० लाख उपलब्ध गराउने प्रतिबद्धता जनाएको महासङ्घका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिनुभयो । उक्त रकम निर्माण व्यवसायी कोषमार्फत सुनिश्चित गरिएको र अपुग रकम नुवाकोट निर्माण व्यवसायी सङ्घले व्यहोर्ने उल्लेख छ ।

पुल सञ्चालनमा आएपछि विदुर नगरपालिका–१ को ढुङ्गेबाट बाढीले प्रत्यक्ष रुपमा प्रभावित बनाएको त्रिशूली बजार हुँदै विदुर नगरपालिका–७, ८, ९ र १२ का बस्तीमा पुग्न सहज भएको छ । यस्तै, विदुर नगरपालिकाको अन्य वस्तीहरुसहित जिल्लाको किस्पाङ र म्यागङ गाउँपालिका, रसुवाका वडा नं १, २ र ३ तथा धादिङतर्फ आवतजावत गर्ने यात्रुलाई पनि सुविधा पुगेको छ ।

त्रिशूली नदीपारि रहेको त्रिशूली अस्पताल, नेपाल विद्युत् प्राधिकरणको नुवाकोट वितरण केन्द्र तथा विद्यालयमा आवतजावत गर्न पनि पुलले सहजता थपेको छ । पुलका दुवैतर्फ सडक सञ्जाल जोडिएकाले यात्रुले नदी वारपार गरेपछि सवारीसाधनमार्फत आफ्नो गन्तव्यसम्म पुग्न सक्ने भएका छन् ।

पुलको अभावमा त्रिशूली बजार क्षेत्रमा बाढीले थुपारेको भग्नावशेष हटाउने, पुरिएका संरचनाको खोजतलास गर्ने तथा नदीपारि खाद्यान्न लगायतका अत्यावश्यक सामग्री पु¥याउने काममा पनि कठिनाइ हुँदै आएको थियो । झोलुङ्गे पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनःस्थापनाका गतिविधिलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

  • त्रिशूली
  • धादिङ
  • नुवाकोट
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब रु आठ लाख सहयोग

  • कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

    कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

  • Post Thumbnail

    अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

  • सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

    सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब रु आठ लाख सहयोग

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    Post Thumbnail

    गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

    Post Thumbnail

    सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, चारजना घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution