Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब रु आठ लाख सहयोग

पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब रु आठ लाख सहयोग प्राप्त भएको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, १ कात्तिकः पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब रु आठ लाख सहयोग प्राप्त भएको छ ।

रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा अस्टे«लियामा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले रु सात लाख ८३ हजार ३५८ दशमलव पाँच सहयोग गरेको हो ।

अस्टे«लियामा रहेका विक्रम खत्रीको नेतृत्वमा सङ्कलन गरिएको उक्त रकम जलजला गाउँपालिकाको विपद् कोषमा जम्मा भएको अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । अध्यक्ष आचार्यले सहयोगदाताहरुलाई धन्यवाद दिँदै विपद्बाट क्षति पुगेका निजी आवास र भौतिक पूर्वाधार पुनर्निर्माणमा परिचालन गरिने बताउनुभयो ।

उहाँका अनुसार बाढीपहिरोबाट जलजलामा १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षति भएका छन् । थप एक ४० घर जोखिममा रहेका गाउँपालिकाले विवरण सङ्कलन गरेको छ । फर्से, लामाखेत, ताङवाङ, खानीगाउँ, पालसीङ बढी प्रभावित भएका छन् । तटीय क्षेत्रमा कटान र बाढीको जोखिम बढेको छ ।

गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले बाढीपहिरो प्रभावितको पुनर्वास र पुनर्निर्माणका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाइएको बताउनुभयो । “तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना छ,” उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ ।”

उहाँका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ । बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार, दातृ निकाय र दातासँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

  • पर्वत
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

    माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

  • Post Thumbnail

    चितवनका कैदीबन्दीलाई दसैँको उत्साह छैन

  • ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

  • कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

    कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

    माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

    माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

    Post Thumbnail

    चितवनका कैदीबन्दीलाई दसैँको उत्साह छैन

    Post Thumbnail

    बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब रु आठ लाख सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution