Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ ।
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २, आईतबार (१ घण्टा अघि)
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी, १ कात्तिक : कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ ।

विपद्का समयमा आकस्मिक रुपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र ६ धिरच्याङमा प्रसारण लाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित एक सय ७६ मेगावाट विद्युत् गत असोज ११ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन् ।

नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेश ग्रिड शाखा पोखराका प्रमुख रोशन खड्काले बाढीले ढलाएका तीन वटा टावरको विकल्पमा एक वटा अस्थायी टावर बनाई तार तान्ने काम सकिएपछि शनिबार राती साढे १० बजे लाइन चार्ज गरिएको जानकारी दिनुभयो । “नेपाल विद्युत प्राधिकरण र कालीग्ण्डकी वेसिनमा रहेका जलविद्युत आयोजनाका प्राबिधिक जनशक्ति परिचालन गरेर बाढीले क्षति पु¥याएको २० दिनमै मर्मत गरेर विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न सफल भएका हौ,” उहाँले भन्नुभयो “यस क्षेत्रका सबै आयोजनाले उत्पादन गरेको विद्युत खपत हुने वातावरण बनेको छ ।”

प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले क्षतिग्रस्त भएका तीनवटा टावरको विकल्पमा क्यानाडा प्रविधिको एकवटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गरिएको बताउनुभयो । बेनी–जोमसोम सडकको भिरकाटे खण्ड देखि पारी रहेको अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलामा अस्थायी टावर निर्माण भएको छ ।

कालीगण्डकी वेसिनमा रहेका जलविद्युत आयोजनाहरु र महाशाखाका गरी २० जनाभन्दा बढी इन्जिनियर, त्यति नै संख्यामा प्राविधिक र ५० जना भन्दा बढी मजदुरहरु पछिल्लो १५ दिनयता परिचालन भएका थिए । अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्ने र क्षतिग्रस्त टावरको पुनर्निर्माणको प्रक्रिया पनि सँगसँगै अगाडी बढाउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रसारणलाइनको टावरमा क्षति पुगेपछि दाना–खुर्कोट प्रसारणलाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ती गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२, ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना र मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको थियो ।

  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

  • सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

    सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

  • Post Thumbnail

    विपद् प्रभावित क्षेत्रमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

  • Post Thumbnail

    दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    १२ शय्याबाट थालनी भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो छर्दै

    १२ शय्याबाट थालनी भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो छर्दै

    Post Thumbnail

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

    Post Thumbnail

    चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह

    Post Thumbnail

    आज महाअष्टमी पर्व मनाइँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution