Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र जर्मन ‘सेफर्ड’बाट जाँचका सुरु गरेको छ ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

महेन्द्रनगर, १ कात्तिक : सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र जर्मन ‘सेफर्ड’बाट जाँचका सुरु गरेको छ ।

चाडपर्वका बेला मात्र नभई सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीमा रहेको सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ नै स्थापना गरी नियमित जाँच सुरु गरेको हो ।

सशस्त्र प्रहरी बल श्री नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले सशस्त्र प्रहरीले पाँच केनाइन शाखा गड्डाचौकीमा स्थापना गरेको जानकारी दिनुभयो ।

“मुलुककाचार वटा मुख्य नाकामा यसअघि नै केनाइन शाखा स्थापना गरेर सशस्त्र प्रहरी बलले तालिमप्राप्त कुकुरबाट सीमा क्षेत्रकोसुरक्षा पहरामा खटाएको थियो ।” सिग्देलले भन्नुभयो, “अब पाँचाँै शाखाका रुपमा गड्डाचौकीमा केनाइन युनिट रहन्छ ।”

उहाँले सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले गड्डाचौकीमा पहिलो पटक तालिमप्राप्त कुकुर चेकजाँचमा खटाएको जानकारी दिनुभयो । “सशस्त्र प्रहरी बलको सुदूरपश्चिममा यो पहिलो शाखा पनि हो,” उहाँले भन्नुभयो, “यसले नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा सहज हुने अपेक्षा गरिएको छ ।”

सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी सहायक निरीक्षक जगदीश भट्टको कमान्डमा पाँच जनाको तालिमप्राप्त दक्ष जनशक्ति तथा तालिमप्राप्त दुई वटा लेब्राडोर अल्फा नाम गरेको फिमेल डग र जर्मन सेफर्ड जातको डेल्टा नाम गरेको मेल डगसहित केनाइन शाखा स्थापना गरेर कार्य प्रारम्भ गरिएको छ ।

“जर्मन सेफर्डले सीमामा हातहतियार र विष्फोटक पदार्थ चेकजाँच गर्ने र लेब्राडोर अल्फाले लागूपदार्थ जाँच गर्नेछ,” सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले भन्नुभयो, “सशस्त्र प्रहरी बलले कञ्चनपुरमा सीमा क्षेत्रमा व्यापक सुरक्षा सतर्कता बढाएको छ ।”

शुक्रबार बिहान उद्घाटन गरिएको चेकजाँचको अनुगमनमा कञ्चनपुर जिल्ला प्रमुख अधिकारी मदन कोइराला, सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति प्रेमप्रकाश सिग्देल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीलगायत उपस्थित हुनुहुन्थ्यो ।

  • कञ्चनपुर
  • महेन्द्रनगर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, चारजना घाइते

  • Post Thumbnail

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

  • Post Thumbnail

    चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह

  • लमजुङ कालिका मन्दिरमा नगरा बजाउँदै परियार समुदाय

    लमजुङ कालिका मन्दिरमा नगरा बजाउँदै परियार समुदाय

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब रु आठ लाख सहयोग

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    Post Thumbnail

    गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

    Post Thumbnail

    सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, चारजना घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution