Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

कांग्रेस महाधिवेशनअन्तर्गत जारी मतगणना आजै सकिनेः संयोजक खड्का

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टी कार्यालय सानेपामा जारी मतगणनाको काम आजै राति सकिनेगरी काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

ललितपुर, २९ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टी कार्यालय सानेपामा जारी मतगणनाको काम आजै राति सकिनेगरी काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।

समितिका संयोजक प्रेमबहादुर खड्काले विभिन्न समूह बनाई मत गणना भइरहेको अवस्थामा आवश्यक परे गणनास्थल थप गरी आज राति १०ः०० बजेसम्ममा सबै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

परिणाम सार्वजनिक हुनेक्रममा कांग्रेस दलिततर्फको सहमहामन्त्री पदमा चार हजार ८०३ मत प्राप्त गरी प्रकाश रसाइली स्नेही निर्वाचित हुनुभएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सो पदका प्रतिस्पर्धी मानबहादुर नेपालीले एक हजार १२० मत र नरेन्द्र पासवानले ७७२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, दलित महिलातर्फको पाँच सदस्य पदमा शान्ति परियार (विक)ले दुई हजार ९६४ र सीता मिजारले तीन हजार ४३३, रुपा विकले दुई हजार ६४९, कमला नेपालीले दुई हजार ५५३ र छायाँ सुनुवारले दुई हजार ११२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

दलित मधेसीतर्फ धर्मेन्द्र पासवान तीन हजार १०५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उक्त समूहमा चन्द्रेश्वर शर्मा बजबलेले ६५१, मुनेश्वर साफीले ६०६, मानवीर रजक साफीले ३११ र राजकुमार पासवानले एक हजार २३३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

अहिले मधेस प्रदेश भूगोलतर्फको केन्द्रीय सदस्य, मधेस प्रदेश केन्द्रीय सदस्य महिला, खुला, ३५ वर्षमुनिका युवा महिला तथा पुरुष र खुुलातर्फका उम्मेदवारको मतगणना भइरहेको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिनुभयो ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न असोज २३ गते भएको मतदानबाट सभापति, उपसभापति, महामन्त्रीसहितक प्रमुख पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ भने सहमहामन्त्री खसआर्य र केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना चरणबद्ध रूपमा भई परिणाम सार्वजनिक भइरहेको छ ।

जारी मतगणनाअन्तर्गत खुलातर्फको ४५ केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिनुभयो ।

  • नेपाली कांग्रेस
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

  • Post Thumbnail

    पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

  • Post Thumbnail

    नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

  • Post Thumbnail

    भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग

    बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग

    परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

    Post Thumbnail

    ‘इम्युनोसप्रेसेन्ट’ औषधिको बिक्रीवितरणमा रोक छैनः विभाग

    Post Thumbnail

    ग्रिन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution