Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भैरहवा

भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव

भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

भैरहवा, २९ असोजः भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

यही असोज २४ र २५ गते बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत देवकोटा चोकदेखि आँखा अस्पतालसम्म सडकमा सञ्चालन गरिएको खाना महोत्सवले मुख्य सडकको आवागमन प्रभावित बनायो । सडक नै कार्यक्रमस्थल बनाइँदा यात्रु र सवारीसाधनले असहजता भोग्नुप¥यो भने ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई चुनौती थपियो ।

सिद्धार्थनगर र आसपासका बासिन्दालाई लक्षित गरी चेम्बर अफ कमर्स, रुपन्देहीले आयोजना गरेको महोत्सवले स्थानीय खानपान र मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्य राखे पनि मुख्य सडकमा कार्यक्रम सञ्चालन गर्दा आवागमन व्यवस्थापन कठिन बनेको थियो । एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई सहज आवागमनमा समस्या हुनसक्ने अवस्थाले सडकमा महोत्सव सञ्चालनको विकल्प खोज्नुपर्ने आवश्यकता देखाएको छ ।

यस्तै, आगामी मङ्सिर १७ देखि २८ गतेसम्म सिद्धार्थ उद्योग वाणिज्य सङ्घले लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गर्ने तयारी गरेको छ । यसपटक निजी जग्गा भाडामा लिएर महोत्सव सञ्चालन गर्न लागिएको छ । यसअघि सिद्धार्थ रङ्गशालामा आयोजना हुँदै आएको महोत्सव क्रिकेट मैदान निर्माणपछि उपयुक्त स्थलको अभावमा अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था आएको व्यवसायी बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार मेला तथा महोत्सव सञ्चालनका लागि जग्गा भाडामा लिनुपर्ने, महँगो खर्च व्यहोर्नुपर्ने र स्थायी संरचनाको अभावमा व्यवसायीले कठिनाइ भोगिरहेका छन् । व्यापारिक गतिविधि चलायमान बनाउन महोत्सव आवश्यक भए पनि त्यसका लागि व्यवस्थित पूर्वाधार नहुँदा अपेक्षित सहजता हुन नसकेको उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवामा स्थायी प्रदर्शनीस्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । बुटवलमा प्रदर्शनीस्थलको व्यवस्था भए पनि भैरहवामा त्यस्तो पूर्वाधार नहुँदा व्यवसायी समस्यामा परेको उहाँले बताउनुभयो । राज्यले निजी क्षेत्रलाई आवश्यक सुविधा र पूर्वाधार उपलब्ध गराए व्यवसाय विस्तार हुने र त्यसबाट राज्यले प्राप्त गर्ने राजस्वसमेत बढ्ने उहाँको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले पनि व्यापार, पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्न महोत्सव अपरिहार्य भए पनि व्यवस्थित स्थलको अभावले समस्या निम्त्याएको बताउनुभयो । व्यवसायीलाई पटकपटक जग्गा खोज्नुपर्ने र भाडा तिरेर अस्थायी संरचना निर्माण गर्नुपर्ने बाध्यता हटाउन स्थायी प्रदर्शनीस्थल आवश्यक रहेको उहाँको भनाइ छ ।

भैरहवा व्यापारिक, पर्यटकीय तथा सीमावर्ती क्षेत्रका रूपमा महत्वपूर्ण रहेकाले यहाँ हुने मेला–महोत्सवले स्थानीय उत्पादन, कृषि, पर्यटन र व्यापारलाई प्रत्यक्ष लाभ पु¥याउन सक्छन् । तर, सडक अवरुद्ध गरेर वा महँगो भाडामा निजी जग्गा लिएर मात्र यस्ता गतिविधि सञ्चालन गर्नुपर्ने अवस्थाले दीर्घकालीन समाधान खोज्नुपर्ने देखिएको छ ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरी भैरहवामा स्थायी प्रदर्शनी तथा महोत्सवस्थल निर्माण गर्न पहल गर्नुपर्ने व्यवसायीको माग छ । व्यवस्थित स्थल निर्माण हुनसके सडक अवरोध घट्ने, व्यवसायीको खर्च कम हुने, सुरक्षाकर्मीमाथिको व्यवस्थापनको दबाब घट्ने र सर्वसाधारणले सहज रूपमा महोत्सवको मनोरञ्जन लिन पाउने अपेक्षा गरिएको छ ।

  • भैरहवा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    ‘व्यवहारमा व्यापार सहजीकरण हुनुपर्छ’

  • Post Thumbnail

    गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

  • उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

    उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

  • Post Thumbnail

    परराष्ट्रमन्त्रीसँग कोरियाली राजदूतको भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

    भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

    Post Thumbnail

    याङवरक पोखरी पर्यटकको आकर्षण

    Post Thumbnail

    भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव

    प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

    प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution