
काठमाडौँ, २९ असोजः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलमा मन्त्रालयले ग्रिन युरिया प्लान्ट स्थापनाका लागि अवधारणा, विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको छ ।
सरकारको लक्ष्य वार्षिक करिब पाँच लाख मेट्रिकटन क्षमताको प्लान्ट स्थापना गर्नु रहेको मन्त्री चौधरीले बताउनुभएको छ । उहाँका अनुसार भविष्यमा आवश्यकताअनुसार यसको उत्पादन क्षमता थप विस्तार गर्न सकिनेछ ।
व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग अवधारणा र कार्यविधिसम्बन्धी विस्तृत प्रस्ताव आह्वान गरेको छ ।
प्राप्त प्रस्तावहरूको मूल्याङ्कनबाट उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता र आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुनेछ । इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइट www.moafe.gov.np बाट अवधारणा तथा कार्यवधिसम्बन्धी विस्तृत विवरण प्राप्त गर्न सक्नेछन् ।
आवेदकले आफ्नो प्रस्ताव आगामी मङ्सिर १३ गते साँझ ५ः०० बजेसम्म मन्त्रालयमा भौतिक रूपमा बुझाउन वा [email protected] इमेलमार्फत पठाउन सक्ने मन्त्रालयले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |