Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), २९ असोजः नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको छ ।

लगातार नारायणी नदीको कटान र तटबन्धमा समस्या देखिएपछि योजनाबद्ध रुपमा काम अघि बढाउन लागिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं चितवन क्षेत्र नं ३ की सांसद सोविता गौतमको पहलमा उक्त काम अघि बढेको हो ।

सरोकारवालासँगको छलफलमा नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाउने र आवश्यक निर्माण सामग्रीको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाइएको छ ।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलले छलफलमा सो कुरा प्रकाश पार्नुभएको हो । मन्त्री गौतमको उपस्थितिमा छलफलको आयोजना गरिएको हो । छलफलमा प्रमुख जिल्ला अधिकारी, सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका कर्मचारी, सरोकारवाला, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापतिसहित दलका नेता तथा कार्यकर्ता तथा स्थानीयवासीको उपस्थिति थियो ।

नारायणी नदीको कटान नियन्त्रण, तटबन्ध संरक्षण तथा दीर्घकालीन समाधानका विषयमा छलफल भएको थियो ।

छलफलमा भरतपुर महानगरपालिकाका विभिन्न तटीय क्षेत्रमा नारायणी नदीले गर्दै आएको कटान नियन्त्रणका लागि अल्पकालीन रूपमा काम गर्ने नपर्ने गरी दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी नियन्त्रणका लागि बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

दीर्घकालीन समाधानका लागि वार्षिक भन्दा बहुवर्षीय योजना बनाएर आवश्यक स्रोत व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका प्रमुख डा नारायण सुवेदीले नदी नियन्त्रणका लागि कङ्क्रिटको प्रयोगभन्दा बोल्डर (ठूला ढुङ्गा) को प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

तटबन्ध निर्माणका लागि बजेट छुट्याइए पनि आवश्यक ठूला ढुङ्गाको उपलब्धता र स्रोत सुनिश्चितता मुख्य समस्याका रूपमा रहेको छ ।

  • चितवन
  • नारायणगढ
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

  • Post Thumbnail

    भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव

  • Post Thumbnail

    ‘व्यवहारमा व्यापार सहजीकरण हुनुपर्छ’

  • Post Thumbnail

    गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

    Post Thumbnail

    पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

    Post Thumbnail

    हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान

    Post Thumbnail

    घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution