Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

विद्युतीय तारः वन्यजन्तुका लागि जोखिम

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका संरचनामा जडान गरिएका विद्युतीय तार वन्यजन्तुका लागि जोखिमपूर्ण बनेका छन् ।
रासस ३२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), २९ असोजः चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका संरचनामा जडान गरिएका विद्युतीय तार वन्यजन्तुका लागि जोखिमपूर्ण बनेका छन् ।

विद्युतीय तारमा परेर हात्ती, गैँडालगायतका वन्यजन्तुले अनाहकमा ज्यान गुमाएका कारण विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप बन्दै गएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश मगरले विसं २०६४ देखि हालसम्म निकुञ्जभित्र र बाहिरी मध्यवर्ती क्षेत्रमा करेन्ट लागेर दुई हात्ती, पाँच गैँडा र एक चितुवाको मृत्यु भइसकेको जानकारी दिनुभयो । तीमध्ये दुई हात्ती र एक गैँडा निकुञ्ज कार्यालय तथा नेपाली सेनाका संरचनामा जडान गरिएका बिजुलीका तारमा परेर मरेका हुन् । हात्ती प्रजनन केन्द्र खोरसोर, सौराहामा प्राकृतिक प्रजननमार्फत ३३ वटा छावा जन्माउन सहयोग गरेको रोनाल्डो नामको जङ्गली भाले हात्ती गत असोज ३ गते विद्युतीय तारमा परेर मरेको थियो ।

बरन्डाभार वनक्षेत्रको कुमाल ताल नजिकै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको तारमा परेर रोनाल्डो मरेको हो ।

यसअघि २०६४ साल असोज २८ गते सौराहास्थित हात्ती प्रजनन केन्द्रमा रोमियो नामको जङ्गली भाले हात्ती पनि विद्युतीय तारबारमा करेन्ट लागेर मरेको थियो ।

त्यसैगरी, २०७५ साल कात्तिक १५ गते हात्तीका लागि निर्माण गरिएको ‘चेन फ्री कोरल’मा जडान गरिएको विद्युतीय तारमा परेर गैँडा मरेको थियो । उक्त गैँडा गोलाघाटबाट उद्धार गरी सौराहामा हुर्काइएको थियो ।

निकुञ्जको मध्यभागमा रहेको कसरामा निकुञ्जको मुख्यालय, निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको मुख्यालय, सेनाकै श्री प्रकृति संरक्षण शिक्षालयलगायत निकुञ्जसँग सम्बन्धित कार्यालय छन् । ती संरचनामा विद्युत् आपूर्तिका लागि निकुञ्ज बाहिर करिब दुई किलोमिटर टाढा घैलाघारीबाट तार तानेर जडान गरिएको छ । सूचना अधिकारी मगरका अनुसार निकुञ्जभित्र विद्युत्का खम्बामाथिबाटै तार तानिएको छ । निकुञ्जमा रहेका ५८ वटा निकुञ्ज तथा सेनाका पोस्टमध्ये ३९ वटामा विद्युत् जडान गरिएको छ । ती पोस्टमा कतै नाङ्गो तार त कतै आवरणयुक्त विद्युत् तार प्रयोग गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जभित्रका संरचनामा जडान गरिएका विद्युत्का तारमा परेर मात्र नभई आसपासका क्षेत्रमा लगाइएका विद्युतीय धराप तथा अन्य संरचनामा परेर पनि वन्यजन्तुको मृत्यु हुने गरेको छ ।

उपलब्ध विवरणअनुसार २०७३ साल साउन २४ गते मेघौलीस्थित होटल मेघौली सेराइको पछाडि राप्ती नदी किनारमा फलामको प्लेटफर्म बनाउने क्रममा खुला रहेको तारमा करेन्ट लागेर एक पोथी गैँडाको मृत्यु भएको थियो ।

विसं २०७९ असोज २७ गते मङ्गलपुरबाट उद्धार गरी कुमरोज मध्यवर्ती सामुदायिक वनमा छाडिएको ‘मङ्गलपुरे’ नामको वयस्क भाले गैँडा खैरहनी–१३ मा घिरौँलाको झालमा रहेको विद्युतीय तार टोक्दा करेन्ट लागेर मरेको थियो ।

विसं २०८१ साल साउन ८ गते भरतपुर महानगरपालिका–१६, भगोडीस्थित स्थानीयको मकैबारीमा बाली जोगाउन थापिएको विद्युतीय धरापमा परी एक पोथी गैँडाको मृत्यु भएको थियो ।

विसं २०८२ साउन २१ गते माडी नगरपालिका–१, अमलियामा धानबालीको सुरक्षाका लागि थापिएको विद्युतीय धरापमा परी एक भाले गैँडाको मृत्यु भएको थियो ।

यसैगरी, २०७५ साल चैत १० गते जगतपुरस्थित होटल टाइगल्याण्डको सेफ्टी ट्याङ्कमा परेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको थियो भने २०७८ साल माघ ९ गते गोन्द्राङमा सडक विस्तारका क्रममा सडक छेउको खाल्डोमा परेर एक वयस्क भाले गैँडाको मृत्यु भएको थियो ।

  • चितवन
  • नारायणगढ
  • नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    जापानी आख्यान ‘इजुकी नर्तकी’ नेपाली भाषामा

  • बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

    बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

  • Post Thumbnail

    नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि

  • आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन

    Post Thumbnail

    दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन…

    दसैँसँगै बाँचेका गुणबहादुरहरु

    दसैँसँगै बाँचेका गुणबहादुरहरु

    Post Thumbnail

    विद्युतीय तारः वन्यजन्तुका लागि जोखिम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution