Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
लमजुङ

घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

कुनै समय घटस्थापनासँगै लमजुङका गाउँबस्तीमा नगरा घन्किन्थ्यो । नगरा बजाउँदै घरघर पुग्ने चलनले दसैँ आएको सङ्केत दिन्थ्यो र गाउँमा चाडपर्वको रौनक थपिन्थ्यो ।
रासस २६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

लमजुङ, २७ असोजः कुनै समय घटस्थापनासँगै लमजुङका गाउँबस्तीमा नगरा घन्किन्थ्यो । नगरा बजाउँदै घरघर पुग्ने चलनले दसैँ आएको सङ्केत दिन्थ्यो र गाउँमा चाडपर्वको रौनक थपिन्थ्यो । पछिल्लो समय नगरा बजाउने चलन हराउँदै जाँदा दसैँसँग जोडिएको पुरानो सांस्कृतिक परम्परा नै सङ्कटमा पर्न थालेको छ ।

लमजुङको सदरमुकाम बेँसीसहर नगरपाालिका–३ गाउँसहरस्थित लमजुङ दरबार परिसरमा रहेको कालिका मन्दिरमा भने घटस्थापनादेखि नगरा बजाउने परम्परा अझै कायम छ ।

मन्दिरका मुख्य पुजारी सोमराज बरालका अनुसार तत्कालीन दरबारसँगै कालिका मन्दिर स्थापना भएको थियो । दरबारमा सुरु भएको नगरा बजाउने परम्परा पछि गाउँबस्तीमा फैलिएको उहाँले बताउनुभयो ।

मन्दिरमा घटस्थापनादेखि बिहान र बेलुका नगरा बजाइन्छ । बडादसैँ, चैतेदसैँ, श्रीपञ्चमी तथा न्वागी खाने दिनमा यसको विशेष महत्व रहने मुख्य पुजारी बरालले बताउनुभयो ।

उहाँका अनुसार दरबारमा मङ्गलधुनको लयमा नगरा बजाइने भए पनि गाउँबस्तीमा स्थानीय चलनअनुसारका फरकफरक हुने गर्दथ्यो ।

“पहिले नगरा बजाउन जान्ने मानिस धेरै थिए, अहिले यो सीप भएका मानिस घट्दै गएका छन”, उहाँले भन्नुभयो, “नगरा बजाउन सिक्न समय लाग्छ र बाजासमेत महँगो पर्ने भएकाले नयाँ पुस्ताको आकर्षण कम हुँदै गएको छ ।”

उहाँले परम्परालाई निरन्तरता दिन युवालाई सीप सिकाउनुका साथै सरकारीस्तरबाट संरक्षणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । बेँसीसहर नगरपालिका–१ उदिपुरका स्थानीय कृष्णप्रसाद अधिकारीका अनुसार उदिपुर क्षेत्रमा अहिले नगरा बजाउन जान्ने मानिस दुई–तीन जना मात्रै बाँकी छन् ।

बेँसीसहर नगरपालिका–३ बोहोराबेँसीका स्थानीय राजेन्द्र बोहोराका अनुसार केही वर्षअघिसम्म बोहोराबेँसी, बेँसी र बकुण्डे गाउँमा नगरा बजाउने टोली घरघर पुग्थ्यो । अहिले भने त्यो चलन हराउँदै गएको छ । नगरा बजाउने टोली गाउँमा देखिन छाड्नु र त्यसको आवाज सुनिन छाड्नुले दसँैको पुरानो परम्परा खण्डित बन्दै गएको उहाँको भनाइ छ ।

मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाका स्थानीय लोकनाथ घिमिरेले पनि पहिले गाउँमा नगरा बजाउने चलन रहे पनि केही वर्षयता यसको आवाज सुन्न नपाइएको बताउनुभयो ।

“नगरा बजेको सुन्दा दसैँ आएको अनुभूति हुन्थ्यो”, उहाँले भन्नुभयो । बेँसीसहर नगरपालिका–३ मोतिराम परियारकाअनुसार नगरा बजाउने परम्परा परियार समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको छ ।

विगतमा दसैँका बेला घरघर पुगेर नगरा बजाउने र त्यसबापत घरधनीबाट अन्न तथा पशु काटेपछि मासु पाउने चलन रहेको उहाँले स्मरण गर्नुभयो । पुरानो पुस्ताका धेरैको निधन हुनु, उमेरका कारण कतिपयले नगरा बजाउन नसक्नु र युवापुस्ताको चासो घट्नुले परम्परा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । गाउँसहरको कालिका मन्दिरमा नगरा बजाउने परम्परा कायम रहे पनि गाउँबस्तीमा यसको अभ्यास खुम्चिँदै गएको छ ।

दसैँको आगमनसँगै जोडिएको यो सांस्कृतिक परम्परा जोगाउन नगरा बजाउने सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ । पुरानो पुस्ताको ज्ञान र सीपको संरक्षण गर्दै युवाको सहभागिता बढाउनसके मात्रै नगरा बजाउने परम्परालाई भावी पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ ।

  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

  • Post Thumbnail

    चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता

  • Post Thumbnail

    नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका योजना कार्यान्वयन

  • Post Thumbnail

    उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

    संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

    संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

    संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

    Post Thumbnail

    घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

    Post Thumbnail

    घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution