Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका योजना कार्यान्वयन

नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँ, गोरखा र आसपासका क्षेत्रमा पूर्वाधार विकासका लागि रु २९ करोड ५० लाख बराबरका कार्यक्रम छनोट गरेको छ ।
रासस ७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), २६ असोजः नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँ, गोरखा र आसपासका क्षेत्रमा पूर्वाधार विकासका लागि रु २९ करोड ५० लाख बराबरका कार्यक्रम छनोट गरेको छ ।

गुरुयोजनाअनुसार सडक स्तरोन्नति, पर्यटकीय तथा सांस्कृतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर विभिन्न योजना अघि बढाइएको हो । उक्त कार्यालयका इन्जिनियर श्रीप्रसाद पाण्डेका अनुसार चालु आर्थिक वर्षका लागि स्वीकृत बजेटबाट भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र गोरखाको पालुङटार नगरपालिकामा सडक तथा पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।

भानु नगरपालिका–४ मा स्वीकृत गुरुयोजनाअनुसार चुँदीबेँसी–मोहरियादेखि शिखर कटेरी हुँदै भानु साहित्य उद्यान जोड्ने सडक स्तरोन्नतिका लागि रु १० करोड ५० लाख विनियोजन गरिएको छ । उक्त सडक स्तरोन्नतिपछि आदिकवि भानुभक्त आचार्यको जन्मस्थलसँग जोडिएका क्षेत्रको आवागमन सहज हुने तथा स्थानीयवासी र पर्यटकलाई समेत सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा भानु साहित्य उद्यानको पूर्वाधार निर्माणका लागि रु १० करोड विनियोजन गरिएको छ । साहित्य, संस्कृति र पर्यटनसँग जोडिएको उक्त उद्यानलाई व्यवस्थित तथा आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणको योजना अघि बढाइएको हो ।

बन्दीपुर गाउँपालिकामा सडक तथा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाको कालिका मोटरमार्गदेखि गुरुङटारस्थित नेपाल टेलिकमको टावर, मगर गुठी हुँदै बिरुवा जोड्ने मोटरमार्ग स्तरोन्नतिका लागि रु तीन करोड विनियोजन गरिएको छ । सडक स्तरोन्नतिले ग्रामीण बस्ती तथा स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन र आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बन्दीपुर गाउँपालिका–२ र ३ अन्तर्गत बन्दीकापुरमा २५ पोखरी ताल पार्क निर्माणका लागि रु तीन करोड विनियोजन गरिएको छ । प्राकृतिक तथा पर्यटकीय सम्भावना बोकेको उक्त क्षेत्रलाई पार्कका रूपमा विकास गरी आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

त्यस्तै छिमेकी जिल्ला गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत लुङ्गा–वडा कार्यालय–चापाभञ्ज्याङ–कार्की गाउँ–आँपपिपल अस्पताल सडक स्तरोन्नतिका लागि रु तीन करोड विनियोजन गरिएको छ । उक्त सडक स्तरोन्नतिले स्थानीय बासिन्दाको आवागमनका साथै अस्पतालसम्म पुग्ने पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

नयाँ सहर आयोजनाअन्तर्गत सञ्चालन हुने ती योजनाले सडक सञ्जाल विस्तारसँगै स्थानीय तहमा पर्यटन, संस्कृति र आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन सहयोग पु¥याउने पाण्डेले बताउनुभयो । विशेषगरी भानु साहित्य उद्यान र भानुभक्त आचार्यको जन्मस्थललाई केन्द्रमा राखेर निर्माण हुने पूर्वाधारले भानु क्षेत्रमा साहित्यिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

बन्दीपुरको सडक तथा पार्क निर्माणका कार्यक्रमले पनि पर्यटकीय पूर्वाधार थप व्यवस्थित गर्न सहयोग गर्नेछ । सडकको पहुँच विस्तारसँगै ग्रामीण क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीयस्थललाई मुख्य सडक सञ्जालसँग जोड्ने आधार तयार हुने कार्यालयको अपेक्षा छ ।

आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाविस १, २, ३, ४ र साविकको बन्दीपुर गाविस १, २, ३ र ४ समेटी आर्थिक वर्ष २०७२/७३ बाट नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुआत भएको हो ।

  • गोरखा
  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

  • Post Thumbnail

    जलवायु जोखिम न्यूनीकरणका लागि स्थानीय अनुकूलन बसाइँसराइमा जोड

  • पुलको पहुँचमार्ग बन्योः १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

    पुलको पहुँचमार्ग बन्योः १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

  • Post Thumbnail

    चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बालबालिकाको चित्रकलामार्फत विश्वशान्तिको सन्देश

    Post Thumbnail

    नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा

    आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

    आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

    Post Thumbnail

    नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका योजना कार्यान्वयन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution