Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

‘पोखरा पाँचकोट अल्ट्रा ट्रेल दौड’को उपाधि मगर र बुढालाई

कास्कीका ऐतिहासिक पाँच कोटलाई समेटेर आज आयोजना गरिएको ‘पोखरा पाँचकोट ५० किमी अल्ट्रा ट्रेल रेस–२०८३’अन्तर्गत पुरुषतर्फको उपाधि मनकुमार रोका मगरले हात पार्नुभएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (१ घण्टा अघि)
‘पोखरा पाँचकोट अल्ट्रा ट्रेल दौड’को उपाधि मगर र बुढालाई

गण्डकी, २५ असोजः कास्कीका ऐतिहासिक पाँच कोटलाई समेटेर आज आयोजना गरिएको ‘पोखरा पाँचकोट ५० किमी अल्ट्रा ट्रेल रेस–२०८३’अन्तर्गत पुरुषतर्फको उपाधि मनकुमार रोका मगरले हात पार्नुभएको छ ।

निर्धारित ५० किमीको दूरी पाँच घण्टा २१ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै उहाँले उपाधि हासिल गर्नुभएको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराले जनाएको छ ।

यस विधामा तिलकबहादुर सुनुवारले दोस्रो स्थान प्राप्त गर्नुभयो । उहाँले पाँच घण्टा २२ मिनेट ३७ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । तेस्रो स्थान हासिल गर्नुभएका दलबहादुर कुँवरले पाँच घण्टा २९ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्नुभयो । पाँच घण्टा ४३ मिनेट ४१ सकेण्डमा दूरी पार गर्दै रेमश लिम्बूले चौथो स्थान प्राप्त गर्नुभयो । अर्जुन कुलुङ राईले छ घण्टा १८ मिनेट ३५ सकेण्डमा निर्धारित दुरी पार गरी पाँचौ स्थान हासिल गर्नुभयो ।

पचास किमी महिलातर्फ कल्पना बुढाले उपाधि जित्नुभयो । उहाँले निर्धारित दूरी सात घण्टा १७ मिनेट २४ सेकेण्डमा पूरा गर्नुभयो । निर्मला राईले सात घण्टा २१ मिनेट ३७ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गर्नुभयो । सात घण्टा २४ मिनेट २४ सेकेण्डमा दौड पूरा गरी सन्देवा बुढा तेस्रो हुनुभयो । आठ घण्टा ३८ मिनेट ३० सेकेण्डमा दौड पूरा गरी कोपिला श्रेष्ठले चौथो स्थान हासिल गर्दा निरुता कोइरालाले आठ घण्टा ४५ मिनेट ४६ सेकेण्डमा निर्धारित दूरी पार गरी पाँचौँ स्थान प्राप्त गर्नुभयो ।

त्यस्तै, १६ किमी पुरुषतर्फ एक घण्टा सात मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरी धीरोजबहादुर बुढाले उपाधि जित्नुभयो । श्रीकास राईले एक घण्टा आठ मिनेट एक सेकेण्डमा दूरी पार गरी दोस्रो स्थान हासिल गर्नुभयो । एक घण्टा आठ मिनेट छ सेकेण्डमा दौड पूरा गरी निरोज भट्ट तेस्रो स्थान हासिल गर्नुभयो । एक घण्टा नौ मिनेट १२ सकेण्डमा दौड पूरा गरी गोपाल तामाङ चौथो हुनुभयो ।

सोह्र किलोमिटर महिलातर्फ दीपा बस्नेतले पहिलो स्थान प्राप्त गर्नुभयो । उहाँले एक घण्टा ३० मिनेट चार सेकेन्डमा निर्धारित दूरी पार गर्नुभयो । विपना लामा एक घण्टा ३० मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै दोस्रो हुँदा सन्जिला राईले एक घण्टा ३९ मिनेट छ सेकेण्डमा दौड पूरा गरी तेस्रो स्थान हासिल गर्नुभयो । सरस्वती डुम्राकोटीले एक घण्टा ४० मिनेट ३६ सकेण्डमा दौड पूरा गरी चौथो हुनुभयो ।

पचास किमीतर्फ पहिलो हुने पुरुष तथा महिला धावकले जनही रु एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख, तेस्रो हुनेले रु ७५ हजार, चौथो हुनेले रु २५ हजार र पाँचौँ स्थान हासिल गर्नेले रु १५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरेका थिए ।

त्यस्तै, १६ किमीतर्फ पहिलो हुनेले रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार, तेस्रो हुनेले रु १० हजार र चौथो हुनेले रु पाँच हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरेका थिए ।

पुरुष र महिला दुवै विधातर्फ समान पुरस्कार राशि प्रदान गरिएको हो । प्रतियोगिताका विजेता धावकहरूलाई नेपाली सेनाका पश्चिम पृतनापति उपरथी भोलानाथ थापा, कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराका अध्यक्ष दिलबहादुर गुरुङलगायतले नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

पचास किमीको दौड पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, पानी ट्याङ्की, घार्मीडाँडा, ढिकीडाँडा, झुप्राङकोट, बलायँखर्क, महापुरुष डाँडा, च्होगो डाँडा, अर्मलाकोट, कुरा गाउँ, पीपलडाली, र्‍यालेचौर, काहुँकोट हुँदै नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर समाप्त भएको थियो ।

सोह्र किमीको दौड कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, हरिचोक, सिम्पानीचोक, बगर ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस, बालमन्दिर माध्यमिक विद्यालय, नारायण थान, पहेँलो पुल हुँदै पोखरा महानगरपालिका–११ स्थित फूलबारी ब्यारेकमा गई सकिएको थियो । पोखराको विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको विशेष सहयोगमा उक्त दौड प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका पूर्वध्यक्ष एवं प्रतियोगिताका ‘रेस डाइरेक्टर’ तेज गुरुङले नेपालको शाहवंशीय इतिहाससँग जोडिएको कास्कीकोटसहित ऐतिहासिक महत्वका सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई समेटेर अल्ट्रा ट्रेल दौड आयोजना गरिएको बताउनुभयो । यस दौड प्रतियोगिताले प्रकृति, संस्कृति र साहसिकतासँगै इतिहासलाई पनि जोडेको उहाँको भनाइ छ ।

  • कास्की
  • गण्डकी
  • नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित

  • प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

    प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

  • बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा

    बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा

  • Post Thumbnail

    नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मापसे गरी रात्रिकालीन बस चलाउने दुई चालक पक्राउ

    पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट

    पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट

    Post Thumbnail

    उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

    ‘पोखरा पाँचकोट अल्ट्रा ट्रेल दौड’को उपाधि मगर र बुढालाई

    ‘पोखरा पाँचकोट अल्ट्रा ट्रेल दौड’को उपाधि मगर र बुढालाई

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution