Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग

रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा तीन वटा संस्थाबाट रु ३५ लाख ४७ हजार ५३६ सहयोग भएको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २३ असोजः रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा तीन वटा संस्थाबाट रु ३५ लाख ४७ हजार ५३६ सहयोग भएको छ ।

जापान नेपाल सोसाइटी (जेएनएस), नेपाल जाइका अलमनाई एसोसिएसन (जान) र समृद्धिका लागि यथायोग्य कार्यसंस्था(आइस्याप) ले स्वस्फूर्त रूपमा सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।

जापान नेपाल सोसाइटीबाट रु २२ लाख २६ हजार ५६०, नेपाल जाइका अलमनाई एसोसिएसनबाट रु १० लाख ११ हजार ७०५ र आइस्यापबाट रु तीन लाख नौ हजार २७१ सङ्कलन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जानका अध्यक्ष एवं कृषि प्रवर्द्धन आयोजना नेपालका टिम लिडर डा रामचन्द्र भुसालको नेतृत्वको टोलीले उक्त रकम अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेको हो । यसअघि जानका आजीवन सदस्य एवं नेपाल सरकारका पूर्वसहसचिव लोकनाथ देवकोटाले पनि बाढीप्रभावितको सहयोगार्थ रु ५० लाख अर्थमन्त्रीलाई हस्तान्तरण गरिसक्नुभएको छ ।

बाढीपीडितलाई सहयोग जुटाएर कठिन परिस्थितिमा नेपाल सरकारलाई साथ दिएकोमा अर्थमन्त्रीले तीनवटै संस्थालाइ धन्यवाद ज्ञापन गर्नुभएको ती संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

डा भुसालका अनुसार नेपाल जाइका अलमनाई एसोसिएसन नेपाल–जापान सम्बन्ध सुमधुर बनाउन विगत पाँच दशकदेखि क्रियाशील छ । हाल जापान नेपाल सोसाइटीले आइस्यापमार्फत कृषि प्रवर्द्धन आयोजना कार्यान्वयनमा सहयोग गरिरहेको छ । ती संस्थाले विपद्मा राहत तथा पुनःस्थापनाका कार्यक्रम, सामुदायिक विकास र कृषि उत्पादन तथा बजारीकरणमार्फत ग्रामीण समुदायको आयआर्जन बढाउने कार्यमा सहकार्य गर्दै आएका छन् ।

  • काठमाडौँ
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

  • Post Thumbnail

    हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

  • Post Thumbnail

    भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

  • Post Thumbnail

    आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

    Post Thumbnail

    मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति

    Post Thumbnail

    हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

    आलेखः भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको छैन

    आलेखः भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको छैन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution