Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट टोली

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केही दिनभित्र आइसिसी विश्वकप लिग–२ को अन्तिम श्रृङ्खला खेल्दैछ । एकदिवसीय मान्यता जोगाउन
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १९ असोज : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केही दिनभित्र आइसिसी विश्वकप लिग–२ को अन्तिम श्रृङ्खला खेल्दैछ । एकदिवसीय मान्यता जोगाउन नेपालका लागि यो श्रृङ्खला महत्त्वपूर्ण छ ।

हाल अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले आसन्न श्रृङ्खलामा घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ । नेपाली टोली श्रृङ्खलामा चारवटै खेल जित्ने लक्ष्यका साथ आज बिहान ओमान प्रस्थान गरिसकेको छ ।

तालिकाको शीर्ष छ भित्र पर्न सके नेपालले सोझै एकदिवसीय मान्यता सुरक्षित गर्नेछ । यदि त्यो स्थान हासिल गर्न नसके नेपालले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा उत्कृष्ट प्रदर्शन गरेर एकदिवसीय मान्यता जोगाउनुपर्नेछ ।

नेपाली टोली हालको लय कायम राख्दै ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेर एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । टोलीका कप्तान सन्दीप लामिछाने खेलाडीमा उच्च आत्मविश्वास रहेकाले नेपालले आउँदो सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त हुनुहुन्छ ।

उहाँका अनुसार एसिसी प्रिमियर कपमा गरेको प्रदर्शन र ओमानमा यसअघिका खेलबाट प्राप्त अनुभवले टोलीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ । ‘‘एसिसी प्रिमियर कप र त्यसअघि ओमानमा हाम्रो जुन प्रदर्शन रह्यो, त्यो हाम्रो लागि मनोवैज्ञानिक रूपमा सकारात्मक कुरा हो । त्यसलाई अझै राम्रो ऊर्जाका साथ अगाडि बढाउनेछौँ । टिम अहिले एकदम राम्रो लयमा छ’’, कप्तान लामिछानेले भन्नुभयो, ‘‘मौसमले साथ नदिँदा एसियन गेम्समा हामी दुर्भाग्यवश रोकियौँ । नत्र एकदम राम्रो तरिकाले अगाडि बढिरहेका थियौँ ।’’

उहाँले राष्ट्रिय टोलीमा नयाँ खेलाडीको प्रवेशलाई पनि सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो । राष्ट्रिय टोलीमा स्थान बनाउनु आफैँमा ठूलो उपलब्धि भएकाले नयाँ खेलाडीलाई थप आत्मविश्वास र ऊर्जा दिन सञ्चारमाध्यम, क्रिकेट समर्थक तथा सम्बन्धित सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने कप्तान लामिछानेको भनाइ छ ।

‘‘नयाँ खेलाडी टिममा आउँदा उनीहरूलाई मनोवैज्ञानिक रूपमा थप ऊर्जा दिन सकियो भने त्यसले खेलाडी र राष्ट्रिय टोली दुवैलाई फाइदा गर्छ । राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्नु सानो कुरा होइन । यहाँसम्म आइपुग्न धेरै साहस चाहिन्छ र काँधमा ठूलो जिम्मेवारी हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘यहाँ आइसकेपछि को सानो, को ठूलो, को कुन खेलाडी भन्ने हुँदैन । हामी सबै जना नेपालको राष्ट्रिय टोलीका लागि खेलिरहेका छौँ । नेपालको लागि खेल्ने एउटै सपना हामी सबैको हो ।’’ नेपाललाई आगामी विश्वकप क्वालिफायरसम्म पुर्याउने र त्यहाँ राम्रो प्रदर्शन गर्ने लक्ष्यमा टोली केन्द्रित रहेको कप्तान लामिछानेले बताउनुभयो ।

त्यसका लागि सकारात्मक वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ । ‘‘हामी सबैको सपना भनेको टिमलाई विश्वकप क्वालिफायरमा पुर्याउने र त्यहाँ गएर राम्रो गर्ने हो । आगामी प्रतियोगितामा राम्रो गर्न सकारात्मक वातावरण आवश्यक हुन्छ । त्यो वातावरण निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो’’, उहाँले भन्नुभयो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले टोलीबाट आगामी खेलमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको बताउनुभयो । उहाँले ‘एसियन कन्डिसन’ मा हुने खेलमा नतिजाभन्दा पनि खेलाडीले खेलको दिन दबाबलाई कसरी व्यवस्थापन गर्छन् भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । सचिव खड्काले टोलीलाई आगामी खेलका लागि शुभकामना दिँदै क्यानले आवश्यक अन्तरराष्ट्रिय क्रिकेट तथा घरेलु प्रतियोगिताको संरचना तयार गरिरहेको जानकारी दिनुभयो ।

‘‘एसियन कन्डिसनमा खेल्दै गर्दा समग्र नतिजा हेर्नुभन्दा पनि त्यो दिन टिम र खेलाडीले कसरी प्रेसर ह्यान्डल गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । नेपाल क्रिकेट सङ्घको तर्फबाट यहाँहरूलाई आगामी खेलका लागि सबैभन्दा राम्रो शुभकामना छ’’, खड्काले भन्नुभयो । घरेलु क्रिकेटको संरचना पनि अन्तिम चरणमा पुगेको र धेरैभन्दा धेरै प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । खेलाडी तथा टोलीमाथि अपेक्षा धेरै रहेकाले त्यसलाई सही ढङ्गले व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।

‘‘अहिले अपेक्षा धेरै छन् । त्यो अपेक्षालाई टिमका रूपमा व्यवस्थापन गर्नुपर्छ । जसरी यहाँहरूले मैदानभित्र र मैदानबाहिर प्रदर्शन गर्दै आउनुभएको छ, त्यही स्पिरिटका साथ खेल्दै फेरि पनि नेपाललाई जिताउनुहुनेछ भन्ने विश्वासमा नेपाल क्रिकेट सङ्घ यहाँहरूको साथमा छ’’, सचिव खड्काले भन्नुभयो ।

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता  :  मुख्यमन्त्री शाही

    प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : मुख्यमन्त्री शाही

  • दुई कास्य पदकमा रोकिएको नेपालको नागोया यात्रा

    दुई कास्य पदकमा रोकिएको नेपालको नागोया यात्रा

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

  • Post Thumbnail

    पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चितवन मेडिकल कलेजमा स्तन क्यान्सरसम्बन्धी सचेतना अभियान

    नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक  :  प्रा मोहपात्रा

    नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा मोहपात्रा

    Post Thumbnail

    उच्च शिक्षा सुधारबारे मधेसमा उच्चस्तरीय संवाद

    Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution