Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा मोहपात्रा

भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल र भारतबीच समन्वयात्मक रुपमा सहकार्य हुनुपर्ने
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (१ घण्टा अघि)
नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक  :  प्रा मोहपात्रा

काठमाडौँ, १९ असोज : भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल र भारतबीच समन्वयात्मक रुपमा सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र त्रिभुवन विश्वविद्यालयस्थित नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) द्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा प्राध्यापक मोहपात्राले जलवायु परिवर्तन साझा सरोकारको विषय भएकाले संयुक्त संयन्त्रमार्फत काम गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रधानमन्त्री वालेन्द्र शाहले हालै मात्र संयुक्त राष्ट्रसङ्घीय महासभामा जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनले संयुक्त संयन्त्र निर्माण गरी काम गनुपर्ने भनी गरेको प्रस्तावको स्वागत गर्दै उहाँले यस्तो संयन्त्र त्रिदेशीय रुपमा काम गर्ने खालको र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री शाहले भनेजस्तै विपत्को पर्खाल या सिमाना नहुने भएकाले जलवायु सङ्कट समाधानमा हिमालयन क्षेत्रका यी तीन देशले उक्त संयन्त्र गठन गरेर प्रभावकारी रुपमा काम गर्दा राम्रो हुनेछ ।”

हालैको भोटेकोशी बाढीले तीन वटै देशका नागरिकलाई क्षति पुर्याएको प्रसङ्ग उल्लेख गर्दै प्राध्यापक मोहपात्राले हिमालय क्षेत्रका नागरिकलाई प्राकृतिक विपत्तिले पनि एकै प्रकारको क्षति पुर्याएको तथा सो बाढीमा परेर नेपाली, भारतीय, चिनियाँसहित धेरै देशका नागरिकको ज्यान गएको बताउनुभयो । उहाँले नेपाल–भारत सम्बन्ध कुनै राजनीतिक कोणबाट हेर्न नहुने अद्वितीय खालको रहेको पनि बताउनुभयो । उहाँले भारतले छिमेक प्रथम नीति लिएको जानकारी गराउँदै त्यसको पहिलो प्राथमिकतामा नेपाल पर्ने व्याख्या गर्नुभयो ।

प्राध्यापक मोहपात्राले भन्नुभयो, “भारतले आफ्नो छिमेक प्रथम नीति मार्फत् नेपाललाई पहिलो प्राथमिकतमा राख्नुपर्छ र सो नीति सम्मान, सम्वाद, शान्ति र समृद्धिमा आधारित हुनुपर्छ ।” सिनासका अध्यक्ष डा मृगेन्द्रबहादुर कार्कीले नेपाल–भारत सम्बन्धका विविध आयामबारे चर्चा गर्नुभयो । उहाँले नेपाल–भारत सम्बन्धमा नेपालका शाहवंशीय राजाहरु राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका विदेश नीति एवं दिव्यउपदेशहरु महत्त्ववूर्ण रहेका बताउनुभयो ।

प्राध्यापक आनन्द आदित्यले नेपाल–भारत सम्बन्ध राजनीतिक भन्दा माथि उठेर आर्थिक, सांस्कृतिक एवं जनसम्पर्क र सुमधुर सम्बन्धमा आधारित रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • त्रिभुवन विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • मन्त्रिपरिषद्का पाँच निर्णय

    मन्त्रिपरिषद्का पाँच निर्णय

  • Post Thumbnail

    सीप सिकाउँदै, उद्यमी बनाइँदै

  • Post Thumbnail

    ‘दुई हजार पाँच सय केजी गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा’

  • रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    Post Thumbnail

    प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

    मन्त्रिपरिषद्का पाँच निर्णय

    मन्त्रिपरिषद्का पाँच निर्णय

    Post Thumbnail

    चितवन मेडिकल कलेजमा स्तन क्यान्सरसम्बन्धी सचेतना अभियान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution