Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई

कञ्चनपुरको महेन्द्रनगरमा जारी पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि किरन खत्री र कमलसिंह भाटको जोडीले जितेको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १८, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

महेन्द्रनगर, १८ असोजः कञ्चनपुरको महेन्द्रनगरमा जारी पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि किरन खत्री र कमलसिंह भाटको जोडीले जितेको छ । आज भएको सम्पन्न फाइनल खेलमा विवेक ऐर र जनक ठगुन्नाको जोडीलाई पराजित गर्दै खत्री र भाटको जोडीले उपाधि जितेको हो ।

उपाधि विजेता टिमले रु २५ हजार नगद ट्रफी, मेडलबाट पुरस्कृत भए भने उपविजेता टिमले रु १२ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको आयोजक निङ्गलाशैनी विकास समाजले जनाएको छ । प्रतियोगिताको ४५ वर्षमाथिको उमेर समूहमा ईश्वरी भट्ट र रमेश पाण्डेयको जोडीले उपाधि जितेको छ भने वीरेन्द्र विष्ट र नरेन्द्र चन्दको जोडी उपविजेता बन्यो ।

उक्त विधामा विजेता टिम रु १५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको प्रतियोगिता संयोजक दिलबहादुर धामीले बताउनुभयो । उपविजेता टिम रु आठ हजार नगदसहित पुरस्कृत भयो । त्यसैगरी, ५० वर्ष उमेर समूह माथिको विधामा प्रेमसिंह भाट र धीरज भट्टको जोडीले उपाधि जितेको छ भने गोकुल बोहरा र दीपेन्द्र भण्डारीको जोडी उपविजेता बन्यो । उक्त विधामा उपाधि विजेता टिम रु १० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ भने उपविजेता टिम रु पाँच हजार नगदसहित पुरस्कृत भएको छ ।

प्रतियोगितामा विजेता खेलाडीलाई आयोजक निङ्गलाशैनी विकास समाजका संस्थापक अध्यक्ष प्रेमसिंह भाट, महाकाली प्रादेशिक अस्पतालका पूर्वअध्यक्ष किरण भट्ट, सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका अध्यक्ष दिनेश श्रेष्ठलगायतले पुरस्कृत गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका ५५ समूहको सहभागिता थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • कञ्चनपुर
  • महेन्द्रनगर
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश

  • विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

    विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

  • Post Thumbnail

    नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

  • मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण

    मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः निर्वाचन कार्यतालिका सार्वजनिक

    Post Thumbnail

    देशभर विपद्का १९ घटना, १२ घाइते

    Post Thumbnail

    ‘जलवायु न्याय दया र परोपकार नभई मौलिक अधिकार’

    Post Thumbnail

    भट्टराईको ‘कलेजी प्रेम’ विमोचित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution