Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रसुवा

बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन

भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवावासीलाई लक्षित गरी जिल्लाको बेत्रावती, लहरेपौवा, कालिकास्थान र धुञ्चेमा निःशुल्क स्वास्थ्य तथा दन्त
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (५० मिनेट अघि)
Post Thumbnail

रसुवा, १९ असोजः भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवावासीलाई लक्षित गरी जिल्लाको बेत्रावती, लहरेपौवा, कालिकास्थान र धुञ्चेमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन भइरहेको छ ।

रसुवा कम्युनिटी डेभलपमेन्ट र सिटोप अष्ट्रेलियाको आयोजना तथा उत्तरगया गाउँपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो । विपद्बाट प्रभावित नागरिकका साथै स्थानीय समुदायलाई सहजरूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको रसुवा कम्युनिटी डेभलपमेन्टका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।

बेत्रावतीबाट सुरु भएको सो स्वास्थ्य शिविर कार्यक्रम असोज १७ र १८ गते लहरेपौवामा सम्पन्न भई असोज १९ र २० गते कालिकास्थान तथा २१ र २२ गते धुञ्चेमा समाप्त हुने अध्यक्ष न्यौपानेले बताउनुभयो ।

आयोजकका अनुसार शिविरमा स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सामान्य स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, मुख तथा दाँतको परीक्षण, दाँत भर्ने र दाँत निकाल्नेलगायतका सेवा प्रदान गरिने छ । साथै, बिरामीहरूलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको सो शिविरमा बाढीपहिरोबाट प्रभावित नागरिक, नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगी तथा अन्य स्वास्थ्य समस्या भएका बिरामीलाई विशेष प्राथमिकता दिइएको बताइएको छ ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएसँगै बाढी प्रभावित स्थानीयवासी लाभान्वित भएको बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    कोहलपुर नगर अस्पतालमा ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा

  • Post Thumbnail

    लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

  • चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

    चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

  • Post Thumbnail

    आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

    Post Thumbnail

    एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट टोली

    Post Thumbnail

    सीप सिकाउँदै, उद्यमी बनाइँदै

    Post Thumbnail

    बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution