Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

एपिएफ महिला गोल्डकपको फाइनलमा

नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) क्लब प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ३, बिहिबार (४ घण्टा अघि)
Post Thumbnail

सुनसरी, ३ मङ्सिरः नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) क्लब प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

धरान उपमहानगरपालिका–१६ स्थित धरान रङ्गशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा दुई विभागीय टोलीबीच भएको प्रतिस्पर्धामा एपीएफले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको नवौँ मिनेटमा एपिएफका अनिता बस्नेतले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।

त्यस्तै, क्याप्टेन गीता राणाले पहिलो हाफको ४४औँ मिनेटमा अर्को गोल थपेकी थिइन् । खेलमा एपिएफकी गीता राणा ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।

क्वाटरफाइनलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, आर्मीले क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै एपिएफसँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गरेको हो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले फाइनलमा एपिएफसँग उपाधिका लागि भिड्नेछ ।

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता यही मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित रु पाँच लाख र उपविजेताले रु तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई इभी स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

  • सर्लाही
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

    चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

  • कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

    कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

  • Post Thumbnail

    एनपिएलः चितवन राइनोजद्वारा काठमाण्डु गोर्खाजविरुद्ध पहिले ब्याटिङ

  • Post Thumbnail

    ‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

    Post Thumbnail

    संरक्षणको पर्खाइमा रसुवाको ऐतिहासिक ‘लहरेपौवा’

    Post Thumbnail

    चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

    भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

    भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution