
रुपन्देही, १८ असोजः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न भागको भ्रमण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ ।
मन्त्री चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र, कृषि उत्पादन, मलखाद, सिँचाइ, विद्युतीकरण, कृषिसडक, बिमा तथा बजारबारे सम्बन्धित कार्यालयका अधिकारी र किसानसँग प्रत्यक्ष छलफल गरी जानकारी लिनुभएको हो ।
उहाँले आज मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाको कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिनुभयो । सम्मरीमाई–६ स्थित कृषि उपज सामग्री सङ्कलन केन्द्र, मर्चवारीमाई–१ मा ५० बिघामा गरिएको केराखेती र कोटहीमाई–५ स्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाबारे जानकारी लिनुभयो ।
मन्त्री चौधरीलाई किसानले हालै जिल्लाका विभिन्न भागमा हुरीले बालीमा पु¥याएको क्षतिबारे जानकारी दिँदै आफ्ना उत्पादनको उचित मूल्य नपाएको, केराको बजारीकरणमा समस्या भएको तथा कृषि बिमाको दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए ।
मन्त्री चौधरीले कृषि क्षेत्रको विकासका लागि वर्तमान सरकार, स्थानीय तह, कृषक र सरोकार भएका निकायबीच सहकार्य आवश्यक भएको बताउँदै आफ्ना तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |