Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : संयोजक दाहाल

प्रत्यूष १४१३ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २४, शुक्रबार (१२ महिना अघि)
निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : संयोजक दाहाल

काठमाडौँ, २४ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका पक्षमा आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रेस सन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित सम्पादकरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले जिम्मेवार राजनीतिक दल, नागरिक समाज, बौद्धिक जगत् तथा आमसञ्चारमाध्यमको ध्यान निर्वाचनको वातावरण तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाई प्रतिनिधिसभामार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने धारणा व्यक्त गर्दै त्यसका लागि समाजका सबै तह तप्कासँग अनुरोध गर्नुभयो ।

देश अहिले इतिहासकै अत्यन्त अप्ठ्यारो अवस्थामा पुगेको भनी चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले बदलिँदो राजनीतिक घटनाक्रमका बीच ‘जेनजी पुस्ता’को भावना र मागलाई समेत सम्बोधन गर्नेगरी मुलुकको स्वाधिनता र स्वतन्त्रताका पक्षमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने समय आएको बताउनुभयो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरू, मधेस केन्द्रित राजनीतिक दलहरूजस्ता इतिहास भएका लोकतान्त्रिक राजनीतिक दलहरूबीचको राष्ट्रिय सहमतिमा निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिनुभयो ।

जेनजी पुस्ताको मागलाई समेत समेटेर नेपालको संविधान संशोधन गरी समाजमा देखिएका निराशा र असन्तुष्टि सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासन कायम गर्ने तथा मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनेतर्फ समग्र राष्ट्रको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले अहिले पनि केही राजनीतिक दलका नेतामा अहङ्कार देखिएकामा आश्चर्य प्रकट गर्दै यसअघि गरेका कमीकमजोरीलाई सच्याएर जनतामाझ जानुको विकल्प राजनीतिक पार्टीहरूसँग नरहेको बताउनुभयो ।

जेनजी आन्दोलनको भावनालाई आत्मसात् गरी पार्टीको अध्यक्ष पदबाट संयोजकका रूपमा आफू रूपान्तरित भएको स्पष्ट गर्दै उहाँले आवश्यक परे संयोजकबाट पनि पछि हट्न तयार रहेको जानकारी दिनुभयो । सो संवाद कार्यक्रममा मूलधारका छापा, विद्युतीय तथा अनलाइन सञ्चारमाध्यमका करिब ३० जना सम्पादकहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

  • Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

    Post Thumbnail

    मनकामना केबलकार मङ्गलबार बन्द रहने

    Post Thumbnail

    सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ सरकार क्रियाशील

    Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution