Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विचार : चुनावी वर्ष र लोकतन्त्रको बढ्दो सङ्कट

रासस ११४८ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १६, सोमबार (२ साल अघि)
विचार : चुनावी वर्ष र लोकतन्त्रको बढ्दो सङ्कट

काठमाडौँ, १६ पुस ।

शङ्कर तिवारी

सन् २०२४ मा ७६ देशमा हुने निर्वाचनमा विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले तिनीहरूको स्थानीय मेयरदेखि केन्द्रीय प्रतिनिधि अर्थात् राष्ट्रपति, प्रधानमन्त्री, चान्सलर चयन गर्ने निर्वाचन प्रक्रियामा भाग लिनेछन् ।

विश्व इतिहासमा बालिग मताधिकारको प्रचलन भएयता २०२४ सर्वाधिक ठूलो चुनावी वर्ष हुनेछ । यो वर्ष विश्वको कूल आठ अर्ब १० करोड जनसङ्ख्यामध्ये चार अर्ब २० करोड जनसङ्ख्याले निर्वाचनमा सहभागी हुनेछन् ।

सर्वाधिक जनसङ्ख्या भएका १० मध्ये आठ देश क्रमशः भारत, संयुक्तराज्य अमेरिका, इन्डोनेसिया, पाकिस्तान, ब्राजिल, बङ्गलादेश, रुस र मेक्सिकोमा निर्वाचन हुनेछ । लोकतन्त्रसम्बन्धी अध्ययन गर्ने संस्था डेमोक्रेसी इन्डेक्सका अनुसार ७६ देशमध्ये ४३ देशमा मात्र स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेछ । युरोपियन युनियनमा आबद्ध २७ देशमा तुलनात्मकरुपमा चुनाव स्वतन्त्र र निष्पक्ष हुनेछ ।

अधिकांश निर्वाचनले यथास्थितिलाई नै बढावा दिनेछ । लोकतन्त्रको बढ्दो सङ्कट अमेरिकाको घरेलु राजनीतिको प्रभावले विश्व राजनीतिमा पनि असर पार्ने अनुमान गरिएको छ । आखिरमा लोकतन्त्र भनेको आवधिकरूपमा भोट हाल्न पाउनु मात्रै त होइन ।

सन् २०२४ को नोभेम्बरमा हुने अमेरिकाको चुनावलाई उमेरले ८० लागेका दुई वृद्धबीचको अलोकप्रियताको प्रतिस्पर्धाका रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव यति धेरै निरस यसअघि कहिल्यै बनेको थिएन । विशेषगरी चार राज्य एरिजोना, जर्जिया, पेन्सिलभेनिया र विन्स्कन्सिनका हालसम्मका अनिर्णित मतदाताले ती वृद्धहरुको भाग्य मात्र नभएर विश्वकै भविष्य निर्धारण गर्नेछन् ।

भारतमा हालै सम्पन्न पाँच राज्यसभाका निर्वाचनबाट नरेन्द्र मोदीले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल अनुमोदित हुने पक्कापक्की देखिएको छ । विश्लेषक योगेन्द्र यादवले अझै पनि भारतीय कांग्रेस पार्टी नेतृत्वको प्रतिपक्षी गठबन्धन ‘आई एन डी आई ए’ ले मोदीको लहरलाई रोक्न सकिने प्रक्षेपण गरेर थाकी सकेका भने छैनन् ।

हिन्दी भाषी बहुल उत्तर भारतीय क्षेत्रमा भारतीय जनता पार्टीको बढ्दो बर्चस्वलाई विवादित अयोध्याको राममन्दिरको उद्घाटनले नयाँ रोमाञ्चकता थपेको छ । उता पाकिस्तानमा यो पटक सेनाको समर्थन नवाज सरिफको पाकिस्तान मुस्लिम लिगलाई हुने देखिएको छ । बङ्गलादेशमा प्रतिपक्षी बहिस्कारसँगै शेख हसिना वाजेदको शासन अवधि लम्बिने निश्चित छ ।

रुसमा भ्लादिमिर पुटिन नयाँ संविधानअन्तर्गत तेस्रो पटक र समग्रमा पाँचौं पटक राष्ट्रपति निर्वाचित हुनेछन् । मेक्सिकोले महिलालाई प्रथम पटक राष्ट्रपति पदमा निर्वाचित गर्नेछ । प्रमुख दुई दलले महिला उम्मेदवार नै अगाडि सारेकाले यो सम्भव हुनेछ । बेलायतमा भने यो पटक प्रियतावादी नेतृत्व निर्वाचित हुने छैन, कारण त्यस्ता नेताहरु प्रमुख पार्टीहरू लेबर र कन्जरभेटिभ दलको मुख्य नेतृत्वमा छैनन् ।

बहालवाला प्रधानमन्त्री ऋषि सुनकलाई १४ वर्षपछि केर स्टामर नेतृत्वको लेबर पार्टीको उदय रोक्न फलामको चिउरा सावित हुनेछ । उता फ्रान्सका मध्यमार्गी एमानुअल म्याँक्रोलाई दोस्रोपटक निर्वाचित हुनबाट रोक्ने बलियो प्रतिस्पर्धी देखिएका छैनन् । जर्मनीमा पनि एसडिपी नेतृत्वको वर्तमान गठबन्धन नै अगाडि छ ।

अघोषित शीतयुद्ध नयाँ चरणमा प्रवेश गर्नेछ । सन् २०२३ को अन्त्यमा अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सी चिन फिङले अमेरिका भ्रमणका क्रममा चार घण्टा आमनेसामने वार्ता गरेको कुराले गर्माएको विश्व राजनीति र चीन–अमेरिका द्वन्द्व केही ठण्डा भएको अनुमान गरिए तापनि त्यस शिखर वार्ताको ठोस सकारात्मक परिणति आउने सम्भावना कम छ ।

युक्रेन र इजरायल युद्धमा अल्झी राख्दा अमेरिकाले ताइवानको रक्षा गर्न सक्छ कि सक्दैन, सन्देहको घेरामा परेको छ । ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी बनेमा युरोपियन युनियनले युक्रेनको उद्धारको बोझ उठाउनु पर्नेछ । मध्यपूर्वको तनाव झट्ट समाप्त भइहाल्ने गुन्जायस देखिएको छैन । इरानका ८४ वर्षीय सर्वोच्च नेता आयोतल्लाह अलि खाामेनीका सम्भावित उत्तराधिकारी उनकै ५४ वर्षीय माइला छोरा मोजतोवातर्फ सबैको ध्यान आकृष्ट हुनेछ ।

ऊर्जाको स्रोतको रूपमा स्वच्छ ऊर्जातिरको सङ्क्रमणले नयाँ हरित महाशक्तिहरूको उदय मात्र हुने छैन ऊर्जाको स्रोतको नयाँ नक्सा पनि कोरिनेछ । लिथियम, तामा र निकलको भाउ बढ्नेछ । नयाँ लड़ाई उच्च प्रविधियुक्त चिप्सका लागि हुँदैछ । आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० नयाँ यथार्थ बन्न पुगेको छ । यसको उपयोग र दुरुपयोगबारे तीब्र रुपमा मत विभाजित छ ।

एआईको नियमन जटिल बन्दै जाने निश्चित छ, चुनावी परिणाम प्रभावित पार्न र प्रत्यक्ष रोजगारीमा पर्ने असर भयावह हुने निश्चित छ । दी इकोनोमिस्ट अखबारका पत्रकार टॉम स्ट्याण्देज उल्लेख गरे जस्तै के सन् २०२४ मा पेरिस ओलम्पिक्स र पुरुषहरुको टी–ट्वान्टी विश्वकप क्रिकेटले मात्रै विश्वलाई जोडेर राख्न सक्ला त रु

नेपालमा पनि प्रियतावादको चर्को राग फैलिंदै गएको सङ्केत देखिन्छ । चितवन, तनहुँ र बारामा भएको संसदीय उपनिर्वाचनमा त्यो लहर बढ्दो थियो । आगामी माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचन सकिएको तीन महिना अर्थात् चैत्र/वैशाखमा हुने अनुमान गरिएका इलाम लगायतका जिल्लामा हुने उपनिर्वाचनले प्रियतावादको ज्वरोको नयाँ मापन गर्नेछ ।

परम्परागत राजनीतिक दलले राष्ट्रियसभामा खडा गर्ने उम्मेदवारले त्यसको लागि भावभूमि तयार गर्नेछ । इपिएस परीक्षा दिएर कोरिया जान लागेका दुई युवाको प्रदर्शनीको क्रममा भएको मृत्युले सरकारमाथि दबाब बढेको छ ।

सन् २०२४ को ध्यान अब गाजा र युक्रेनको युद्धभूमिभन्दा पर ७६ देशका मतपत्रहरुमा ज्यादा केन्द्रित हुनेछ । विशेषगरी अमेरिकाको निर्वाचन सर्वाधिक रुचि र चर्चाको विषय हुनेछ । त्यसको परिणामले युद्धग्रस्त गाजा र युक्रेनको भविष्य अनि ताइवानको सङ्कट मात्र नभएर एक ध्रुवीय विश्व कति छिटो बहुध्रुवीय हुनेछ भन्ने कुराको निर्धारण गर्नेछ ।

अमेरिकी निर्वाचनमा ट्रम्प विजयी हुने कुरा पानीढलो सावित हुनेछ । उनलाई दुई राज्यका अदालतले निर्वाचनमा खडा हुनबाट वञ्चित गरेको भए तापनि पुराना नजिरको अभावमा सर्वोच्च अदालतले राष्ट्रपति उम्मेदवार हुनबाट रोक्न नसक्ने अनुमान गरिएको छ । मतपरिणामले लोकतन्त्रको बढ्दो सङ्कटलाई कम गर्न सकोस् । निर्वाचनहरुको जय होस् । बुलेट होइन, ब्यालेट वर्ष २०२४ को शुभकामना । (लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    Post Thumbnail

    पेस्तोल बरामद

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution