Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मुस्ताङ

गुल्जार हुने कागबेनीधाम गुमनाम

चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ । राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको प्रसिद्ध
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (१ घण्टा अघि)
गुल्जार हुने कागबेनीधाम गुमनाम

मुस्ताङ, १९ असोजः चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ । राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाम गुमनाम बनेको हो ।

चैते दसँै र बडा दसँैअघिको सोह्र श्राद्ध तिथिमा दिनहु सयौँ धार्मिक तीर्थालुको घुइँचो लाग्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीधाम असोज ८ गतेदेखि यताबाट पूर्ण सुनसान छ । दिवङ्गत पितृको सम्झनामा कागबेनीधामको कालीगण्डकी नदीको तटमा पिण्डदान, तपर्ण र श्राद्ध गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास छ । तेत्तिस कोटी देवताले बाँस गरेको धार्मिक तपोभूमि मुस्ताङको कागबेनीमा पुजापाठ गरी श्राद्ध गर्नाले दिवङ्गत पितृको उद्धार हुने हिन्दू धर्मशास्त्रमा उल्लेख छ ।

मुस्ताङको कागबेनीधाममा बर्सेनि हजारौँ धार्मिक तीर्थालु पितृको नाममा श्राद्ध गर्न यहाँ आइपुग्ने गर्छन् । यसरी आएका धार्मिक तीर्थालु कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरी फर्किने गर्छन् ।

अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रप्सद्वारा सञ्चालित पितृतीर्थ स्थल कागबेनी धर्मशालाका पुजारी गौतम कोइरालाले भदौ १० गतेको रसुवाको बाढी र असोज ८ गतेदेखिको भारी वर्षाका कारण आएको बाढी पहिरोले बेनी—जोमसोम सडक अवरुद्ध हुँदा कागबेनीधाममा श्राद्ध गर्ने धार्मिक तीर्थालुको सङ्ख्या शून्य अवस्थामा रहेको जानकारी दिनुभयो ।

यस वर्षको सोह्रश्राद्धको आठौँ दिन बितिसक्दा एक प्रतिशत पनि धार्मिक तीर्थालु कागबेनीमा आउन नसकेको पुजारी कोइरालाले बताउनुभयो ।

विगतकामा दैनिक ५०० धार्मिक तीर्थालु दिवङ्गत पितृको नाममा श्राद्ध गर्न मुस्ताङको कागबेनी धाममा आइरिन्थे । अझै दसँैको सोह्र श्राद्धको अन्तिम दिन औँसी तिथिमा झनै धार्मिक तीर्थालुको भीडले कागबेनीधाम थेगिनसक्नु हुन्थ्यो ।

आँैसीको अघिल्लो दिन र पछिल्लो दिनमा कागबेनीधाममा श्राद्ध गर्न आएका तीर्थालुहरुको उपस्थितिले मुस्ताङको घाँसादेखि माथि मुक्तिनाथसम्मका होटलहरु तीर्थालुहरुले भरिभराउ हुन्थ्यो ।

यसपटक भारी वर्षासँगै बाढी पहिरो र नदी कटानले बेनी—जोमसोम सडक अवरुद्ध हुँदा कागबेनीधाममा भक्तजन तीर्थालुहरुको उपस्थितिमा पूर्णविराम लागेको छ ।

मुस्ताङको कागबेनीधाममा सडक अवरुद्धका कारण जिल्ला बाहिरबाट आएका एक दर्जन बढी श्राद्ध गर्ने पुजारीहरु पनि श्राद्ध गर्न नपाई आफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् भने कागबेनी धर्मशालामा कार्यरत रहेको आठ जना पुजारीमध्ये तीन जना पुजारी घर फर्किएको पुजारी गौतम कोइरालाको भनाइ छ । यसपालिको सोह्र श्राद्धको आठौ दिनसम्म आईपुग्दा दैनिक २÷३ जनाले मात्रै पितृको नाममा श्राद्ध गर्ने गरेको उहाँको भनाई छ ।

यसपालिका सडक अवरुद्ध भएकाले आठाँै दिनसम्ममा जम्मा डेढ दर्जन जतिले मात्रै कागबेनीमा श्राद्ध गरेको र त्यसमध्ये पनि कतिपय जिल्लाभित्र रहेका निजामति कर्मचारी रहेको पुजारी कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विगतका वर्षहरुमा कागबेनीधाममा श्राद्ध गराउन सयभन्दा बढी पुजारी आइरिने गरेकामा यस वर्ष रसुवाको बाढी घटना र भारी वर्षाले सडक अवरुद्ध हुँदा त्यस्तो पुजारी पण्डितहरुको उपस्थिती नभएको उहाँको भनाइ छ ।

धार्मिक आस्थाको केन्द्र मुस्ताङको कागबेनीधाम र मुक्तिनाथ मन्दिरमा सडक अवरुद्ध हुँदा पर्यटकविहीन सुनसान अवस्थामा छ । गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मेरुदण्ड रहेको कागबेनीधाम र मुक्तिनाथ मन्दिरमा आउने सडक अवरुद्ध हुँदा मुस्ताङसहित गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो असर पु¥याएको विद्यमान अवस्था छ ।

सोह्र श्राद्ध सुरु भएदेखि दसँैको नवरात्रसम्म उल्लेख धार्मिक तीर्थालुहरु मुस्ताङ आउने गरेकामा सडक अवरुद्धले गर्दा यसक्षेत्रको पर्यटन व्यवसाय प्रतिकूल बनेको छ । बेनी—जोमसोम सडकमार्ग एक साता बढी अवरुद्ध भइरहँदा कागबेनीधाममा बसेका पुजारी पण्डितहरु पनि कामविहीन फुर्सदिला र बेरोजगार बनेको पाइएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित होटल याक डोनाल्सकी सञ्चालिका एवं पर्यटन व्यवसायी लक्ष्मी गुरुङले रसुवाको भोटेकोशी बाढी विपद् र भारी वर्षाले बेनी—जोमसोम सडकमा पु¥याएको क्षतिका कारण मुस्ताङको पर्यटन क्षेत्रले ठुलो नोक्सानी व्यवहोर्नु परेको बताउनुभयो ।

“यो समय पर्यटकीय अनुकूल याम हो, यही बेला बेनी—जोमसोम सडक अवरुद्ध हुनु हामीहरुका लागि दुर्भाग्य हो,” पर्यटन व्यवसायी गुरुङले भन्नुभयो, “मुस्ताङको सिजेनबल व्यापारले बाह्रै महिना धान्नुपर्ने बाध्यता छ, मुस्ताङ आउने योजना बनाएका पर्यटकहरुले समेत धमाधम होटल बुङ्किङ रद्द गरिहेका छन् ।”

पर्यटन व्यवसाय गुरुङले असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाले मुस्ताङमा पर्यटन व्यवसायसहित कृषक, यातायात व्यवसायी, उद्योगी, व्यवसायीलगायत मुस्ताङमा अलपत्र परेका पर्यटकहरुलाई पनि विद्युत्, इन्टरनेट र सडक अवरुद्धले असर पु¥याएको उल्लेख गर्नुभयो । “स्याउ किसान स्याउ बिक्री गर्न नपाएर रोइरहेका छन्, अलपत्र परेका पर्यटकहरु बैङ्किङ सेवा बन्द भएर होटलमा बसेको र खाएर पैसा तिर्न नसकेर समस्यामा परेका छन्,” उहाँले भन्नुभयो, “इन्धनको समस्या परिरहेको छ, विकास निर्माणका काम सबै ठप्पै भएको छ ।”

पर्यटन व्यवसायी गुरुङले सोह्र श्राद्ध तिथिमा झन्डै ५० हजार बढी पर्यटक कागबेनीमा आउने गरेकामा अहिले त्यो अवस्था नरहेको बताउनुभयो । बेनी—जोमसोम सडक अवरुद्धले सबै क्षेत्रमा उत्तिकै असर परेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ ।

मुस्ताङको कागबेनीस्थित कालीगण्डकी नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको सङ्गमस्थलमा दिवङ्गत पितृहरुको सम्झनामा धार्मिक अनुष्ठानसहित श्राद्ध गर्नाले पिृत खुसी भई पुण्य प्राप्ति हुने भनाइ छ ।

काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरी कागबेनीमा स्नान गरेकाले कागबेनीधामको कालीगण्डकी नदीको तटलाई धार्मिक पुण्यस्थलका रुपमा लिने गरिन्छ । बर्सेनि सोह्र श्राद्ध तिथिमा कागबेनीधामको कालीगण्डकी नदी तटमा हजारौ तीर्थालुहरुले दिवङ्गत पितृहरुको नाममा श्राद्ध गर्ने गर्छन् ।

सुन्दरकुमार थकाली / रासस

  • मुस्ताङ
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • Post Thumbnail

    चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

  • Post Thumbnail

    पक्की पुल अलपत्रः झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    Post Thumbnail

    सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री

    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution