
सर्लाही, १९ असोज : दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । आज दिउँसो कविलासी नगरपालिका–३, मदनपुरस्थित भित्री सडकमा भारतीय नम्बर बिआर ३० वाई २८३५ नम्बरको मोटरसाइकल चालकबाट पेस्तोल बरामत गरिएको हो ।
घाइते चालक सोही स्थानका ३३ वर्षका तुलसी ठाकुरको साथबाट प्रहरीले एक थान सिक्सर पेस्तोल बरामद गरेको हो । आफँै अनियन्त्रित भई दुर्घटनामा परेका मोटरसाइकल चालक घाइते रहेको र उनको साथमा पेस्तोल रहेको स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
हतियारसहित घाइते ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँको दायाँ र बायाँ हातमा सामान्य चोट लागेको छ ।
ठाकुर प्रहरीको नियन्त्रणमा छन् । उहाँका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
राष्ट्रिय समाचार समिति(रासस)


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |