Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ १६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अम्बिर गुरुङको ‘गाजलीगाथा’ सार्वजनिक

३९७ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३०, मंगलबार (१ साल अघि)
अम्बिर गुरुङको ‘गाजलीगाथा’ सार्वजनिक

जिटिनको आयोजनामा नुवाकोट तुप्चेमा पर्यटन व्यवसायी अम्बिर गुरुङको ‘गाजलीगाथा’ सार्वजनिक भएकाे छ । एक विशेष समारोहका बिच प्रमुख अतिथि तथा सङ्घीय सांसद हितबहादुर तामाङले लोकार्पण गर्नुभएको हो ।

यस अवसरमा उहाँले कृति कष्टकर ढङ्गले जीवन बिताउने ग्रामीण आमाहरूको यथार्थ कथाको प्रतिबिम्ब भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अम्बिर गुरूङ अत्यन्तै इमान्दार राजनीतिज्ञ र शालीन समाजसेवी त हुँदै हुनुहुन्छ, साथै उहाँ बेजोड लेखकीय चेत भएका व्यक्तित्त्व पनि हुनुहुँदोरहेछ । एक फरक प्रसङ्गमा भोगिएका यथार्थतालाई जीवन्तरूपमा अभिलिखित गर्न सक्नु सशक्त सिर्जना हो ।’

यसैगरी विशेष अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्रष्टा यथार्थताप्रति इमान्दार रह्यो भने जीवनी र संस्मरण इतिहासभन्दा प्रिय हुन्छ भन्दै जब कृति साधारणीकरण हुन्छ त्यो सर्वप्रिय र लोकग्राह्य बन्ने राय व्यक्त गर्नुभयो ।

कार्यक्रमका अतिथि एवम् पूर्व सङ्घीय सांसद राममाया बोगटीले गाजली भाउजूले गरेको अविराम सङ्घर्ष अहिलेका पुस्तालाई कामयावी हुने बताउनुभयो ।

यसैगरी पूर्व प्रदेश सांसद हीरानाथ खतिवडाले आफ्नो छोटो शुभकामना मन्तव्यका सिलसिलामा कृति पठनीय र प्रेरणादायी रहेको बताउनुभयो ।

शुभकामना मन्तव्यकै क्रममा प्रा.डा. प्रेम शर्माले अठोट, इमान्दारी र शालीनता भएका अम्बिर आफ्नो पनि गुरु भएको अवगत गराउनुभयो । ठट्यौलो भाषामा उहाँले थप्नुभयो – ‘अम्बिरले अब एउटा पुस्तक लामिछाने गुरुङको वंशावली केन्द्रित भएर लेख्नुपर्छ ।’

यसैगरी कवि तथा उन्मुक्त अभियन्ता माधव घिमिरे ‘अटल’ले गाजलीगाथाबारे साङ्गोपाङ्ग चर्चा गर्दै पीडाले जलेका, कष्टले पिल्सिएका र हेपाइले उधिनेका सिङ्गो ग्रामीण महिलाको शब्दचित्र नै गाजली–गाथा भएको बताउनुभयो । पुस्तक गरिबीले दारेका र ठालुहरूले लघारेका अभिशप्त मान्छेहरूको जीवनको साझा कहिरन भएको उहाँले बताउनुभयो ।

यस्तै, कृतिकार अम्बिर गुरुङ ‘गोफ्ले’ले आफूले देखेका आमाका भोगाइको इतिवृत्त प्रस्तुत गरेको उल्लेख गर्नुभयो । यस्ता असह्य जीवन अरू धेरैको हुनसक्ने भएपनि आफूलाई लागेको चोटको जलन बेसी दर्दनाक हुने उहाँको स्वीकारोक्ति रह्यो ।

यसै सिलसिलामा वरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीले गाजली–गाथाआम दुःखी आमाहरूको जीवन्त कथाको उत्कृष्ट अभिलेख भएको मत राख्नुभयो ।

त्यस्तै, अर्का वरिष्ठ पर्यटन व्यवसायी कमल सापकोटाले कृतिले ग्रामीण गरिबीको चित्र उतारेको भनाइ राख्नुभयो । यसै गरी चण्डेश्वरी माविका प्रअ हरिप्रसाद रिजाल र सप्रअ तथा पूर्व प्रअ क्रमशः गणेश लामिछाने र कृष्णप्रसाद भण्डारी, पर्यटन व्यवसायीहरू कुमार थापा, ऋृषिराम भण्डारी, शिव लामिछाने, तेज गुरूङ, जिटिनका अध्यक्ष पिताम्बर गुरुङ, चलचित्रकर्मी बिमला के.सी र शिक्षक शिवराम भट्टलगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

स्वागत मन्तव्यकै क्रममा बिर्सबहादुर गुरूङले गाजलीमायाका सुखदुःखबारे परिचर्चा गर्नुभयो । प्रस्तुत पुस्तकको लोकार्पण कीर्तिशेष गाजलीमायाका ज्येष्ठ सुपुत्र सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएकाे थियो ।

कार्यक्रमको सहजीकरण उत्तरगया गापा वार्ड नड्ड –३ का सचिव आशकाजी गुरुङले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

    बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

  • राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ सम्मानित हुने

    राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ सम्मानित हुने

  • शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै

    शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै

  • भक्तपुरको ल्यसिंख्यमा ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या सुरू

    भक्तपुरको ल्यसिंख्यमा ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार १६ गते सोमबार

    २०८२ असार १६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

    धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

    धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

    धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution