Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अम्बिर गुरुङको ‘गाजलीगाथा’ सार्वजनिक

२०४५ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३०, मंगलबार (३ साल अघि)
अम्बिर गुरुङको ‘गाजलीगाथा’ सार्वजनिक

जिटिनको आयोजनामा नुवाकोट तुप्चेमा पर्यटन व्यवसायी अम्बिर गुरुङको ‘गाजलीगाथा’ सार्वजनिक भएकाे छ । एक विशेष समारोहका बिच प्रमुख अतिथि तथा सङ्घीय सांसद हितबहादुर तामाङले लोकार्पण गर्नुभएको हो ।

यस अवसरमा उहाँले कृति कष्टकर ढङ्गले जीवन बिताउने ग्रामीण आमाहरूको यथार्थ कथाको प्रतिबिम्ब भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अम्बिर गुरूङ अत्यन्तै इमान्दार राजनीतिज्ञ र शालीन समाजसेवी त हुँदै हुनुहुन्छ, साथै उहाँ बेजोड लेखकीय चेत भएका व्यक्तित्त्व पनि हुनुहुँदोरहेछ । एक फरक प्रसङ्गमा भोगिएका यथार्थतालाई जीवन्तरूपमा अभिलिखित गर्न सक्नु सशक्त सिर्जना हो ।’

यसैगरी विशेष अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्रष्टा यथार्थताप्रति इमान्दार रह्यो भने जीवनी र संस्मरण इतिहासभन्दा प्रिय हुन्छ भन्दै जब कृति साधारणीकरण हुन्छ त्यो सर्वप्रिय र लोकग्राह्य बन्ने राय व्यक्त गर्नुभयो ।

कार्यक्रमका अतिथि एवम् पूर्व सङ्घीय सांसद राममाया बोगटीले गाजली भाउजूले गरेको अविराम सङ्घर्ष अहिलेका पुस्तालाई कामयावी हुने बताउनुभयो ।

यसैगरी पूर्व प्रदेश सांसद हीरानाथ खतिवडाले आफ्नो छोटो शुभकामना मन्तव्यका सिलसिलामा कृति पठनीय र प्रेरणादायी रहेको बताउनुभयो ।

शुभकामना मन्तव्यकै क्रममा प्रा.डा. प्रेम शर्माले अठोट, इमान्दारी र शालीनता भएका अम्बिर आफ्नो पनि गुरु भएको अवगत गराउनुभयो । ठट्यौलो भाषामा उहाँले थप्नुभयो – ‘अम्बिरले अब एउटा पुस्तक लामिछाने गुरुङको वंशावली केन्द्रित भएर लेख्नुपर्छ ।’

यसैगरी कवि तथा उन्मुक्त अभियन्ता माधव घिमिरे ‘अटल’ले गाजलीगाथाबारे साङ्गोपाङ्ग चर्चा गर्दै पीडाले जलेका, कष्टले पिल्सिएका र हेपाइले उधिनेका सिङ्गो ग्रामीण महिलाको शब्दचित्र नै गाजली–गाथा भएको बताउनुभयो । पुस्तक गरिबीले दारेका र ठालुहरूले लघारेका अभिशप्त मान्छेहरूको जीवनको साझा कहिरन भएको उहाँले बताउनुभयो ।

यस्तै, कृतिकार अम्बिर गुरुङ ‘गोफ्ले’ले आफूले देखेका आमाका भोगाइको इतिवृत्त प्रस्तुत गरेको उल्लेख गर्नुभयो । यस्ता असह्य जीवन अरू धेरैको हुनसक्ने भएपनि आफूलाई लागेको चोटको जलन बेसी दर्दनाक हुने उहाँको स्वीकारोक्ति रह्यो ।

यसै सिलसिलामा वरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीले गाजली–गाथाआम दुःखी आमाहरूको जीवन्त कथाको उत्कृष्ट अभिलेख भएको मत राख्नुभयो ।

त्यस्तै, अर्का वरिष्ठ पर्यटन व्यवसायी कमल सापकोटाले कृतिले ग्रामीण गरिबीको चित्र उतारेको भनाइ राख्नुभयो । यसै गरी चण्डेश्वरी माविका प्रअ हरिप्रसाद रिजाल र सप्रअ तथा पूर्व प्रअ क्रमशः गणेश लामिछाने र कृष्णप्रसाद भण्डारी, पर्यटन व्यवसायीहरू कुमार थापा, ऋृषिराम भण्डारी, शिव लामिछाने, तेज गुरूङ, जिटिनका अध्यक्ष पिताम्बर गुरुङ, चलचित्रकर्मी बिमला के.सी र शिक्षक शिवराम भट्टलगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

स्वागत मन्तव्यकै क्रममा बिर्सबहादुर गुरूङले गाजलीमायाका सुखदुःखबारे परिचर्चा गर्नुभयो । प्रस्तुत पुस्तकको लोकार्पण कीर्तिशेष गाजलीमायाका ज्येष्ठ सुपुत्र सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएकाे थियो ।

कार्यक्रमको सहजीकरण उत्तरगया गापा वार्ड नड्ड –३ का सचिव आशकाजी गुरुङले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

    काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

  • भानु साहित्य उद्यानलाई २४ करोड

    भानु साहित्य उद्यानलाई २४ करोड

  • ‘नवल खड्का’ पुस्तक बजारमा

    ‘नवल खड्का’ पुस्तक बजारमा

  • अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

    अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution