Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

प्रत्यूष ३५३५ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन १२, सोमबार (१ साल अघि)
बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

धादिङ, १२ फागुन ।
यहि फागुन १६ र १७ गते धादिङबेशीमा हुने बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र पारिएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा हुने साहित्यिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले बताउनु भयो ।
“साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित हुन लागेको बागमती साहित्य महोत्सवले सिंगो प्रदेशको साहित्यिक श्रीवृद्धीमा उल्लेख्य योगदान पुग्ने अपेक्षा राखिएको पनि सचिव सुबेदीले बताउनु भयो ।

महोत्सव तयारीका क्रममा सञ्चालन हुने विभिन्न विधाका समूह छलफल, काव्य सन्ध्या, गजल साँझ र गजल प्रशिक्षणका लागि अतिथिहरुलाई निमन्त्रणा गर्ने कार्य सम्पन्न भएको महोत्सवको सह आयोजक नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले जानकारी दिनु भएकोछ ।
कूल ९ वटा समूह छललफल, फागुन १६ गते साँझमा हुने काव्य सन्ध्या र १७ गतेका लागि विहान गजल प्रशिक्षण र साँझ गजल वाचन गर्ने अतिथिहरुको टुंगो लागेको पनि दाहालले बताउनु भयो ।

त्यसैगरी महोत्सव प्रचार प्रसारको कार्य पनि तिब्र पारिएको छ । प्रचार प्रसार गर्ने क्रममा महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिले नीलकण्ठ वहुमुखी क्याम्पसका विद्यार्थी, नीलकण्ठ नगरपालिका भित्रका नव प्रवेसी शिक्षकहरु, बेनघिाट रोराङ गाउँपालिकाका विभिन्न क्याम्पस र विद्यालयका शिक्षकहरु गजुरी गाउँपालिकामा रहेको आदर्श वहुमुखी क्याम्पस र आदर्श माध्यमिक विद्यालयका शिक्षक एवम्र विद्यार्थीलाई निमन्त्रण दिने कार्यक्रम सम्पन्न भएको समितिका संयोजक एवम् कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले बताउनु भयो ।

प्रचार प्रसारकै क्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न क्याम्पस र विद्यालयका शिक्षकहरुलाई निमन्त्रण गरिएको र विभिन्न टेलिभिजन, एफ एम रेडियो तथा अनलाइनबाट सूचना प्रवाह भैरहेको पनि आचार्यले बताउनु भयो ।

धादिङबेसीको नीलकण्ठ वालमन्दिर मा.वि.मा हुने महोत्सवमा १६ गते पहिलो दिन प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन गर्नुहुनेछ । कार्यक्रम उद्घाटनपछि विभिन्न सत्रका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

जस अन्तरगत हाम्रो भाषामा समसामयिकताको प्रश्नः आवश्यकता वा औचित्यमा डा बलदेव शर्मा गाउँलेसंग डा. नविनवन्धु पहाडी, लेखनमा विषय चयनः चयन हुनुपर्ने र छुट्नुपर्नेका निफन नाफनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, डा ज्ञानु पाण्डे र अम्मराज जोशीसंग पुरु लम्साल, बालसाहित्य, सृजना कला, हाम्रो दायित्वमा कृतिका लौडारी, समीक्षा अधिकारी र अंशिका जोशीसंग प्रकाश पौडेल, साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धनमा डा. दिनेशराज पन्त र प्रकाश सायमीसंग ओम रिजाल, हरिप्रसादका चित्रकलाः रैथाने संस्कृतिको प्रतिबिम्बमा हरिप्रसाद शर्मा र डां विष्णुप्रसाद शर्मासंग कृष्णमुरारी भण्डारी, समालोचनाको वर्तमानः आशाप्रद वा आशयप्रदमा महेश पौड्याल, रमेश प्रभात र हेमप्रभाष अधिकारीसंग श्रीबाबु कार्कीले सहजीकरण गर्नुहुने बताइएको छ ।
त्यसैगरि भविष्य द्रष्टाहरुमा अध्ययनशिलताको सवालः वर्तमान अवस्था र भविष्यको दिशामा राम कुमारी झाँक्री, डा. रामकुमार अधिकारी, सरल सहयात्री र कैलाश कोइरालासंग सुदर्शन खतिवडा, किनाराको साहित्य यात्रा ः कति घाम कति छाँया ? मा चन्द्रप्रसाद न्यौपाने, निमेष निखिल र प्रोल्लास सिन्धुलीयसंग मिलन तिमिल्सिना, नेपालमा नारी लेखनः अनुभव र अनुभूतिको कसीमा सरिता तिवारी, कुमारी लामा र डा गीता त्रिपाठीसंग राजुझल्लु प्रसादले सहजीकरण गर्नुहुनेछ ।
महोत्सवमा बागमती प्रदेश भित्रका मगर, गुरुङ, तामाङ, चेपाङ, नेवाः समुदायका संस्कृति झल्कने झाँकी, गीत तथा नृत्य, कविता र प्रदिप रोदन लगायतका गजलहरु प्रस्तुत हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution