Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ सम्मानित हुने

२९५६ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलबार (२ साल अघि)
राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ सम्मानित हुने

काठमाडौँ, २५ भदौ :

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो ६१औँ वार्षिकोत्सवको उपलक्ष्यमा पाँच खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री केपीशर्मा ओलीको प्रमुख आतिथ्यतामा बुधबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभाहलमा सम्मान गर्ने कार्यक्रम तय भएको राखेपले जनाएको छ ।

राखेपका अनुसार सिनियर र जुनियरमा समान १–१ पुरुष÷महिला तथा १ पारा खेलाडीलाई सम्मान गरिनेछ । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी, २ खेल पत्रकार, १ स्थानीय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल सङ्घलाई पुरस्कृत गरिनेछ ।

स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल सङ्घलाई कदरपत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मान गरिने राखेपले जनाएको छ । सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका दुई सय ३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिने भएको छ । वर्षमा हासिल गरेको उपलब्धि, सक्रिएता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्यालको संयोजकत्वमा ७ सदस्यीय राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सव उपसमिति–२०८१ गठन गरिएको छ । उपसमितिको सचिवमा प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल हुनुहुन्छ ।

त्यस्तै पुरस्कृत गर्ने खेलाडीलगायत छनोट गर्न विभिन्न पाँच कार्यदल पनि गठन गरिएको छ । तालिम तथा प्रशिक्षण विभागकी उप–निर्देशक सङ्गीना वैद्यको संयोजकत्वमा परिषद् सेवा पुरस्कार लागि कर्मचारी छनोट कार्यदल, राष्ट्रिय टिम तयारीका उप–निर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा खेलाडी छनोट कार्यदल गठन गरिएको छ ।

खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा राष्ट्रिय खेल सङ्घ तथा प्रायोजक छनोट कार्यदल, प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहालको संयोजकत्वमा खेलकुद पत्रकार छनोट कार्यदल तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माको संयोजकत्वमा स्थानीय तह छनोट कार्यदल गठन गरिएको छ ।

विसं २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ । वार्षिकोत्सवका दिन यही भदौ १३ गते राखेपले त्रिपुरेश्वरस्थित आफ्नै हातामा कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

    एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

  • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

    बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

  • मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश

    मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश

  • एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित

    एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution