धादिङ ६, मंसिर ।
धादिङ प्रतिनिधिसभा क्षेत्र नंम्बर २ मा ९ हजार ६ सय २१ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनका रामनाथ अधिकारीले सबैभन्दा बढी मत ल्याएर अग्रस्थानमा रहेका छन् ।
पछिल्लो मत गणना अनुसार अधिकारीले ४ हजार ५ सय ७६ मत ल्याउँदा नेकपा एमालेका खेम लोहनीले ३ हजार ८ सय ५२ मत पाएका छन् । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका बशुमाया तामाङको ५३५ मत प्राप्त भएको छ ।
हाल सम्म क्षेत्र नं. २ मा गणना भएका स्थानहरुमा रुविभ्याली –४ कन्यादेवी आवि,सितलादेवी आवि ग,गणेश कुण्ड आवि ग, नीलकण्ठ –४ ग,त्रिपुरासुन्दरी –३ ग,ज्वालामुखी–६क,गंगाजमुना –२ ग,नीलकण्ठ–१३ ख, ,गंगाजमुना ७ क,त्रिपुरासुन्दरी ४ क,ज्वालामुखी ७ ग,गंगाजमुना ७ ग,नीलकण्ठ ६ ग,त्रिपुरासुन्दरी ३ ख, नीलकण्ठ ४ क,ज्वालामुखी ४ घ, निलकण्ठ १३ क, रुविभ्याली ५ तिम्ला आवि,त्रिपुरासुन्दरी ३ क, गंगाजमुना ६ क, खनियाबास ५ क,त्रिपुरासुन्दरी ७ ख, ज्वालामुखी ५ ग रहेका छन् ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |