Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सन्दर्भ सम्मान र पुरस्कारको (सम्पादकीय)

प्रत्यूष ८५४ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (४ साल अघि)
सन्दर्भ सम्मान र पुरस्कारको (सम्पादकीय)

धादिङ,०५ असोज ।
संविधान दिवसको अवसरमा विभिन्न स्थानीय तहले कर्मचारी सम्मान गरेका समाचारहरु सार्वजनिक भएका छन् । स्थानीय तहले आफ्नो स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई सम्मान गर्न पाउनु निकै खुसीको कुरा पनि हो ।

सेवाको सिलसिलामा आफ्नो जिम्मेवारी उचित ढंगले निर्वाह गर्न सक्नु कर्मचारीको पनि सवल पक्ष हो । धेरैजसो कर्मचारीहरुले सरकारी सेवा सुविधा लिएर सेवामा तल्लिन भएको भएपनि सेवा गरिरहेकाहरुकै विचमा प्रतिस्पर्धा भई केही सिमित कर्मचारी पुरस्कृत वा सम्मानित हुनु सम्मानित कर्मचारीको लागि झनै खुसीको कुरा पनि हो ।

देश संघीयतामा प्रवेश गरेयता धेरै स्थानीय तहले कर्मचारी सम्मान गरेका छन् तर, यो वर्ष वा यस अघिका समयमा यस्ता कार्यक्रममा सहभागी हुने र अन्य वर्षहरुमा अनिर्णय भएका स्थानीय तह पनि प्रशस्तै छन् । अहिले पछिल्लो समय कर्मचारी र सेवाग्राहीहरु विचको सम्वन्धमा केही दरारता सृजना भएको छ भने अधिकाँश स्थानीय तहहरुमा सुमधुर सम्बन्ध स्थापित हुँदै गएका उदाहरणहरु पनि छन् ।

कर्मचारीहरु जागिरे हुन् उनीहरु जागिर खान्छन् र घर जान्छन् भन्ने मानसिकतामा कमी हुँदै जानुको मुख्य कारण राम्रा काम गर्नेहरुलाईं सम्मान र पुरस्कृत गर्न सक्षम हुन पनि हो, अहिले स्थानीय तहहरुले जुन प्रकारको अभ्यास गरिरहेका छन् वास्तवमा यो सवल पक्ष हो । राम्रा काम गर्ने विकासका काममा नयाँ आयाम ल्याउन दिनरात नभनि खट्ने वा सेवा प्रदायकलाई सरकारको परिकल्पना अनुसारको सेवा दिन सक्ने कर्मचारी पुरस्कृत गरिनु जनप्रतिनिधिको पनि उदाहरणीय काम हो ।

कतिपय अवस्थामा कर्मचारी वा अन्य जोसुकैलाई दिइएको पुरस्कार वा सम्मानमा आरोप लाग्ने गरेका, एकले अर्काको खण्डन गर्ने गरेका वा आफूले पाउदा सवै ठिकठाक नपाउँदा नराम्रो भयो भन्ने खालको एक प्रकारको समस्या पनि छ ।

यसको समाधान भने दिर्घकालीन रुपमा हुन जरुरी छ । कतिपय अवस्थामा सम्मान पाउन पुरस्कृत हुन सरोकारवालाहरुको होड नै चल्ने गरेका विषयहरु पनि चर्चामा आउने गरेका छन्, पुरस्कृत वा सम्मान कार्यक्रम पछिका समयमा यस्ता कुराहरु चर्चामा आउने गरेका छन् यसको समाधान हुन नसक्नु दुःखद् पक्ष भने हो,आगामी दिनमा यससंग सम्वन्धित व्यक्तित्वबाटै यसको दिर्घकालीन समाधान खोजियोस् ।

हुनत संघीय सरकारबाट पनि यो अवसरमा राष्ट्रपतिको सिफारिसमा ठूला अपराधमा संलग्न भएको प्रमाणीत भएकाहरुसम्मले आम माफी पाउने गरेका छन्, आचरण सुध्रिएका कारण सिमित कारबाहीपछि बाँकी कारबाही मिनाहा गराउने प्रचलन छ यो किन गरिएको भन्ने विषयमा समेत हामीले ध्यान दिइराखेका छैनौं तर, सरकारले निरन्तर काम गरिरहेको छ, यसको प्रभाव सकारात्मक काम गर्न खोज्नेहरुका लागि लाभदायक नै छ ।

यसकारण पनि विशेष दिन वा अवसरमा यस्ता पुरस्कार वा सम्मानले निरन्तरता पाउनु समय सान्दर्भिक हो । यो अर्थमा आगामी दिन यस्ता विषयले अझ प्राथमिकता पाउँदै जानुपर्छ । यसले राम्रा काम गर्नेहरुलाई उत्साहित बनाउन भूमीका खेल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

  • Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution