Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आगामी निर्वाचनको सन्दर्भ(सम्पादकीय)

प्रत्यूष ११३७ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ३, शुक्रबार (४ साल अघि)
आगामी निर्वाचनको सन्दर्भ(सम्पादकीय)

धादिङ,०३ भाद्र।
आगामी मंसिर ४ गते हुने भनिएको संघ र प्रदेशको निर्वाचनको लागि राजनीतिक दलहरुविचमा एक प्रकारका बहस भैरहेको छ । बाम एकताका कुरा गरेर यस अघिका निर्वाचनहरुमा समेत नथाकेकाहरु अहिले पनि उक्त मुद्धा उठाईरहेका छन् भने बाम गठबन्धनको कुरा गर्नेहरु पनि एक किसिमले अगाडि बढाईरहेका छन् ।

यस अघि स्थानीय तहको निर्वाचनमा दुईवटा पक्षहरुविचमा गठबन्धन नगरिएमा त्यो गठबन्धन आगामी निर्वाचनसम्म कायम होला कि नहोला ? यो पनि वहसकै रुपमा अगाडि बढिरहेको छ । संघ प्रदेशको निर्वाचन आफ्नो पक्षमा पार्नकै लागि सबै पक्षबाट प्रयास भैरहेका छन् ।

अहिलेको समयमा निर्वाचनबाट जित हात पार्न कुरा आम राजनीतिक दलहरुका लागि पेचिलो बन्दै गैरहेको कुरामा दुइमत छैन तर, राजनीतिक दलको विकल्पमा कसैलाई जिताईहाल्नुपर्ने मुख्य मुख्य कारण पनि यो यो हुनसक्छन् भन्ने खालको ठोस तर्क पनि आईरहेको छैन यसर्थ दलहरुको विरोधमा सबै सखाप पार्नुपर्छ भन्ने खालको एउटा भ्रम छ सिमित ठाउँ विशेष बाहेकका स्थानलाई त्यो वहस पनि सुहाउँदो छैन।

हुनत पछिल्लो समय निर्वाचनका दिनहरु नजिकिँदै गैरहेको यो अबस्थामा दलहरुका नेता कार्याकर्ताबाटै यसपालि पख् भन्ने खालका कार्यक्रम तथा गतिविधिहरु संचालन भैरहेका सर्वत्र देख्न सकिन्छ । एउटा सिंगो दलमाथि नै प्रश्न उठाएर यसरी लाग्नेहरु सबै दलसम्बद्ध भएको देख्न सकिन्छ तर, प्रश्न रह्यो दललाई हराउने कुराको ।

यस अघिको स्थानीय तहको निर्वाचनमा जित हारको स्थिति हेर्ने हो भने स्वतन्त्र रुपमा जित हात पारेका नाम बाहेकका स्वतन्त्र कति जना ? के यो दलका कार्यकर्ताहरुको हिसावमा छ ? कि काठमाण्डौका बालेन र धरानका हर्कजस्तै देशैभरी स्वतन्त्रको लहर चलेको छ ? यस पटक संघीय निर्वाचनमा रविले नै जिते भने उनी प्रधानमन्त्री होलान त ? कि देशैभरी बहुमतै जित्लान् त?

रवि लामिछानेको पार्टीमै यसको हिसाव कस्तो छ त्यो हेर्न बाँकी नै छ केही समयमा यसको हिसाव गर्ने दिन पनि आउँछ तर विडम्बना के छ भने दलका झोला बोकेर देशको परिवर्तन गर्नका लागि जस जसले योगदान गरेका छन् उनीहरुलाई निर्वाचनको बेला अपमानित गर्ने, उसका विरुद्ध कु प्रचार गर्ने लगायतका काम तिव्र गतिमा भैरहेका छन् यसलाई सरोकारवालाहरुले समयमै सुधार गर्नुपर्छ अन्यथा कर्मको फल भनेजस्तै अहिले जो जो उग्र भैरहेका छन् उनीहरुका लागि आगामी दिन सहज छैन ।

निर्वाचन जितेकाहरु मध्येको एउटा इमान्दारीता, जवाफदेहीता तथा सहनसिल तथा नागरिकप्रतिको उत्तरदायि नेतृत्वको रुपमा हर्क साङपाङले एक किसिमको भूमीकाको तुलनामा अन्यको त्यो किसिमको लगनशिलता पाउन नागरिकलाई गाह्रो छ । यसकारण स्वतन्त्रको विउको रुपमा उनले गरेका जस्तै दलबाट निर्वाचित हुनेहरु आफ्नो भिजन सहित निर्वाचनमा जाँदा उचित होला ।

आफुले जित्न जेसुकै गर्ने र अन्यको हिसाव नगर्ने जुन परिपार्टी छ त्यसको अन्त्य गर्ने र सिंगो देशबासीकै हित हुने पक्षमा काम गर्ने गरी दलहरु अगाडि बढुन् यसले कार्याकर्तामा निरासा कम गर्न सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution