Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कोभिड–१९ सङ्क्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने

प्रत्यूष ७४७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २०, शुक्रबार (४ साल अघि)
कोभिड–१९ सङ्क्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने

 

धादिङ,२० साउन ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसी को बैठकले कोभिड–१९ को नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन गर्न सङ्क्रमितको ‘जिन सिक्वेनसिङ’ गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको सिसिएमसीका पदाधिकारीको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएका सबै व्यक्ति तथा आइसियु र एचडिसियुमा रहेका बिरामीमध्ये प्राविधिक रुपले सम्भव भएसम्म कोभिड भाइरसको ‘जीन सिक्वेन्सिङ’ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यस्तै बैठकले होम आइसोलेनसमा रहेका व्यक्तिका बारेमा मन्त्रालयसहित प्रदेश र स्थानीय सरकारबाट अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको सहसचिव शङ्कर नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त बैठकमा कोभिड–१९ सङ्क्रमणको पछिल्लो अवस्थाबारे समीक्षा गरिएको थियो । सङ््क्रमण दर बढ्दो क्रममा रहे पनि अस्पतालमा भर्ना दर न्यून रहेको तथा कोभिडबाट मृत्यु भएका व्यक्तिको अध्ययन गर्दा अन्य गम्भीर प्रकारका रोगसमेत लागेको पाइएको बैठकमा जानकारी गराइएको थियो ।

बैठकले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अस्पतालमा शय्या सङ्ख्या, आइसियु तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर कोभिड–१९ प्रति अझै सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको छ । सङ्क्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालन गर्न नागरिकमा अनुरोध पनि गरिएको छ ।

साथै बैठकले सिंहदरबार एवं भिडभाड हुने सरकारी निकायमा मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गरेको र मास्क लगाए/नलगाएको सन्दर्भमा सिंहदरबारभित्र गृह मन्त्रालयल र अन्य सरकारी निकायमा सम्बन्धित निकायका प्रमुखबाट अनुगमन गर्ने निर्णय पनि गरेको छ ।

निर्माण सम्पन्न भएका होल्डिङ सेन्टरको सञ्चालनका लागि तर्जुमा गरिएको सञ्चालन कार्यविधिको मस्यौंदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बेगनास तालमा डुबेर युवकको मृत्यु

  • Post Thumbnail

    लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

  • भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

    भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

  • Post Thumbnail

    चितवनका १०१ पत्रकारको आँखा परीक्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बेगनास तालमा डुबेर युवकको मृत्यु

    पोखराको पर्यटकीय गन्तव्य पुम्दीभुम्दीको प्रवर्द्धनका लागि पर्वतीय दौड

    पोखराको पर्यटकीय गन्तव्य पुम्दीभुम्दीको प्रवर्द्धनका लागि पर्वतीय दौड

    Post Thumbnail

    लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

    Post Thumbnail

    प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution