Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

पोखराको पर्यटकीय गन्तव्य पुम्दीभुम्दीको प्रवर्द्धनका लागि पर्वतीय दौड

पोखराको फेवातालपारी अवस्थित पोखरा–२२ पुम्दीभुम्दीको प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज २४ गते पर्वतीय दौड हुने भएको छ ।
रासस १९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ महिना अघि)
पोखराको पर्यटकीय गन्तव्य पुम्दीभुम्दीको प्रवर्द्धनका लागि पर्वतीय दौड

कास्की, १७ असोजः पोखराको फेवातालपारी अवस्थित पोखरा–२२ पुम्दीभुम्दीको प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज २४ गते पर्वतीय दौड हुने भएको छ । पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको छ ।

फेवातालसँग जोडिएको र धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको पुम्दीभुम्दी पछाडि परेको भन्दै दौडका माध्यमबाट यस ठाउँको प्रचारप्रसार गर्ने उद्देश्य राखिएको छ । पुम्दीभुम्दी विशाल महादेवको मूर्ति, विश्व शान्ति स्तूपा तथा बुद्ध पार्कका कारणले पर्यटनका लागि प्रचुर सम्भावना रहे पनि ओझेलमा परेको भन्दै पोखरा प्रवर्द्धन केन्द्रले तीन वर्षदेखि दौड आयोजना गर्दै आएको छ ।

पर्वतीय दौडका लागि हालसम्म १८ जिल्लाका ८० बढी धावकले नाम दर्ता गराइसकेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्षसमेत रहनुभएका कार्यक्रम संयोजक दीननाथ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार खेल पर्यटनमार्फत ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्य राखिएको हो ।

“पोखरा आसपासका सम्भावित ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान गरी बजार क्षेत्रमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रसँग जोड्न पर्वतीय दौड प्रभावकारी माध्यम बन्ने अपेक्षा गरेका छौँ”, संयोजक बरालले भन्नुभयो ।

विश्वशान्ति स्तूपबाट सुरु हुने दौड पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै वडा कार्यालय, न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ । आयोजकका अनुसार आठ किलोमिटर दूरीको दौडमा खुला, वडास्तरीय खुला, महिला, यु–१६, विदेशी र भेट्रान्स गरी छ विधामा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । प्रतियोगितामा द्वितीय, तृतीय, चौथो र पाँचौँ हुनेले क्रमशः रु ३० हजार, रु १५ हजार, रु सात हजार र रु तीनहजार प्राप्त गर्नेछन् ।

वडास्तरीय खुला, महिला र यू–१६ विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु १५ हजार, रु सात हजार र रु तीन हजारसहित हित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशी धावकतर्फ विजेताले रु १५ हजार र उपविजेताले रु सात हजार तथा भेट्रानतर्फ विजेताले रु १५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले फेवातालसँगै जोडिएको भए पनि पुम्दीभुम्दी पछाडि परेको बताउनुभयो । लेकसाइडको तालपारि रहेको पुम्दी–भुम्दी क्षेत्रको खेल पर्यटन प्रवर्द्धनमा पर्वतीय दौडले महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्वतीय दौड प्रतियोगिता आयोजकको मात्र नभई पोखराका सम्पूर्ण पर्यटन व्यवसायीसमेतको अपनत्वको कार्यक्रम भएको बताउनुभयो । अन्तरराष्ट्रियस्तरमा नेपाललाई पदक दिलाएका धावक प्रतियोगितामा सहभागी भएको अवस्थामा आवश्यक आतिथ्य सेवा उपलब्ध गराउने जानकारी दिनुभयो ।

खेलका माध्यमबाट पोखरा–२२ सहित समग्र पोखराका ग्रामीण क्षेत्रमा रहेको खेल पर्यटनको सम्भावना उजागर गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनुभयो । प्रतियोगितामा नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका–२२ को सहकार्य रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु १८ लाख ९७ हजार खर्च हुने केन्द्रका सचिव सागर सुनारले बताउनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार अन्तरराष्ट्रिय म्याराथन धावक तथा सहारा युकेका पूर्वअध्यक्ष अवकाशप्राप्त लेफ्टिनेन्ट रिटायर्ड कुसाङकुमार गुरुङले प्रायोजन गर्नुभएको छ ।

  • कास्की
  • पर्वत
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएलः चितवन राइनोजद्वारा काठमाण्डु गोर्खाजविरुद्ध पहिले ब्याटिङ

  • Post Thumbnail

    ‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

  • Post Thumbnail

    एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

  • Post Thumbnail

    विना लगानी बक्सिङमा अब्बल ‘बाजुरा’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

    Post Thumbnail

    एनपिएलः चितवन राइनोजद्वारा काठमाण्डु गोर्खाजविरुद्ध पहिले ब्याटिङ

    Post Thumbnail

    आज धातृ नवमीः मिथिला क्षेत्रमा सम्पन्न

    Post Thumbnail

    निकुञ्ज घुम्ने पर्यटक बढे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution