Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विद्यार्थीको भविष्यप्रति चासो राखौं ।(सम्पादकीय)

प्रत्यूष १०९२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (४ साल अघि)
विद्यार्थीको भविष्यप्रति चासो राखौं ।(सम्पादकीय)

धादिङ,१७ साउन।
एस्इइको नतिजा आएसंगै राजधानी लगागतका विभिन्न शहरहरु तथा गाउँगाउँसम्म स्थापित कलेजहरुले विज्ञापन गर्दै कलेजमा आगामी दिनमा हुने खालका पढाईको बारेमा जानकारी दिनुका साथै नयाँ विद्यार्थीहरुलाई आमन्त्रण गरिररहेका छन् । विगतका वर्षहरुमा पनि यि र यस्ता कलेजहरुले ठूला ठूला विज्ञापन गर्दै विद्यार्थीहरुको हेराईको केन्द्रको रुपमा आफुलाई बनाउन चाहिरहेका देखिन्छन् ।

एसइइको नतिजा निस्केको केही घण्टाभित्रै सिटिइभिटिले धेरै भन्दा धेरै पदमा विद्यार्थीको भर्ना रहेको भन्दै विभिन्न कोटामा आवेदन खुलाएको छ । एस्इइको नतिजा निस्कने वित्तिकै यसरी विज्ञापन खोलिनुले एस्इइको परिक्षा महत्वपूर्ण ढोका रहेको प्रमाणित पनि हुन्छ । बाल कक्षादेखी प्राथमिक कक्षासम्मको अध्ययन पुरा हुने र उच्च शिक्षाका लागि पढाईको महत्वपूर्ण अवसरको ढोकाको रुपमा एस्इइ रहेकोले यो परीक्षाबाट पास हुने वा राम्रो अंक प्राप्त गर्नेहरुलाई नीजि तथा सामुदायिक स्तरका कलेजहरुले आफ्नो कलेजमा आमन्त्रण गरिरहेको बुझ्न सकिन्छ ।

एस्इइबाट राम्रो अंक ल्याएकाहरु आफ्नो कलेजले लिन सक्दा आगामी दिनहरुमा पनि राम्रो अंक सहितको रिजल्ट निकान सजिलो हुने र जुन कलेजले राम्रो अंकका साथ सफलता हासिल गर्न सफल हुन्छन् उनिहरुलाई पूनःआगामी दिनका विद्यार्थीहरुले आफ्नो पढाईको केन्द्रको रुपमा मान्न सक्छन् भन्ने अपेक्षाका आधारमा पनि अहिले कुनैपनि महत्वपूर्ण परिक्षा हुँदा नीजि तथा सामुदायिक विद्यालयहरुले वा सबै खालका कलेजहरुले विज्ञापन गरेर नयाँ विद्यार्थीहरुको परिपूर्ति गर्ने गरेका छन् । यो राम्रा कलेजहरुको लागि अवसर पनि हो ।

तर पछिल्लो समय विद्यार्थीहरुले पनि जसरी आफुले पढ्न चाहेको कलेज छनौट गर्न सफल हुनुपर्ने थियो त्यसमा भने सफलता पाउन सकिरहेका छैनन् । विद्यालयले उत्पादन गरेको विद्यार्थीको कमजोर क्षमताका कारण पनि यस्तो भैरहेको छ । म कस्तो खालको क्षमता राख्ने विद्यार्थी हुँ ? कस्तो खालको शिक्षा लिनुपर्ने हो र त्यस्तो शिक्षा लिनको लागि गर्नुपर्ने कामहरु वा प्रोसेसहरु के के छन् भन्ने कुराको स्वम् विद्यार्थीले बुझ्न सकिरहेका छैनन् त्यसको लागि उसको अभिभावकले नेतृत्व लिनुपर्ने अवस्था कायमै छ । यसको बारेमा विद्यार्थीहरुलाई बुझ्ने बनाउनुपर्ने आजको प्रमुख आवश्यकता भएको छ ।

विद्यार्थी स्वयम्ले उसको क्षमताको बारेमा स्वमुल्याँकन गर्न सकेको खण्डमा कलेजहरुले यसरी बाटो बाटो चोक चोक वा धेरै टाढासम्म विज्ञापन गरेर हिडिँ राख्नुपर्ने हुँदैन आगामी उत्पादन स्कुलबाट हुँदा नै त्यसरी बुझ्ने बनाउन सबै विद्यालय स्तरदेखी नै भूमीका खेल्नुपर्दछ सरोकारवालाहरुको ध्यान त्यतातिर पनि जाओस् ।

उता अभिभवाकहरु पनि प्रकाशित रिजल्ट प्रति चासो राख्ने गुनासो गर्ने गर्नुले चर्चा परिचर्चा कायमै छ । एस्इइमा आफ्नो विद्यालयले कमजोर नतिजा ल्याएको र अरुको विद्यालय राम्रो नतिजा ल्याउन सफल भएको प्रति अहिले गाउँघरसम्म चर्चा छ तर मैले मेरो विद्यालयलाई उत्कृष्ट विद्यालय बनाउनका लागि के के भूमीका खेलेँ भन्ने विषयमा भने कोही पनि बोलिराखेका छैनन् ।

विद्यालयले ल्याएको नतिजाप्रति शिक्षकहरुले विद्यार्थी र अभिभावकलाई दोष लगाउने र अभिभावकले शिक्षकलाई दोष लगाएर आफु पन्छने काम गरिरहेका छन् । यसरी एक अर्काप्रति आरोप प्रत्यारोपले विद्यार्थीहरुको आगामी शिक्षाप्रतिको चासो कम हुन सक्छ । सरोकारवालाहरु बस्ने र प्राप्तांकको समिक्षाका साथै आगामी वर्ष कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरी एकरुपता कायम गर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

    Post Thumbnail

    मनकामना केबलकार मङ्गलबार बन्द रहने

    Post Thumbnail

    सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ सरकार क्रियाशील

    Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution