Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गएरातिको वर्षाले धादिङको विभिन्न ठाउँमा क्षति,पहिरोले घर पुर्दा एकको मृत्यु

प्रत्यूष ११५१ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १०, मंगलबार (४ साल अघि)
गएरातिको वर्षाले धादिङको विभिन्न ठाउँमा क्षति,पहिरोले घर पुर्दा एकको मृत्यु

धादिङ,१० साउन।
गएराति परेको अविरल वर्षाका कारण धादिङको विभिन्न ठाउँमा ठुलो क्षति पु¥याएको छ ।

जिल्लाको निलकण्ठ नगरपालिका–४ रानागाउँ बेसीघरमा घरमाथिबाट आएको पहिरोले घर पुरिदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ३० वर्षीया शर्मिला थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
मृतक शर्मिला सिद्धलेक गाउँपालिका वडा नं ३ झार्लाङ्दीटारमा रहेको श्री खड्गदेवि आधारभूत विद्यालयकी प्रधानाध्यापक हुनुहुन्छ ।

यसैगरी धादिङबेसी स्थित निलकण्ठ नगरपालिका वडा नं. ३ स्थित अरुण खोलामा राति परेको भारि वर्षाले क्षति पु¥याएको छ । गए रातिको बाढिले अरुण खोला आसपास बनाईएका पाँच वटा घरमा क्षति पुगेको छ ।

स्थानीय सुरेश राना र दिपेन्द्र रानाको घर पूर्ण रुपमा भत्केको छ भने राजकुमार राना, साहिँला राना र नारायण श्रेष्ठको घरमा आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

त्रिवेणीचोक नजिकै रहेको टंकेश्वर इन्टरप्राईजेजको २ करोड बराबरको क्षति भएको टंकेश्वरका संचालक तिलक ढुंगानाले बताउनुभयो । उहाँका अनुसार ३ गाडी जस्ता बाहेक आफिस कोठामा रहेको दराज, कम्प्यूटर, इन्सुरेन्स गरिएको यस कम्पनीका सामाग्रीहरु समेत बगाएको बताउनुभयो। चिल्ड्रेनपार्क बोर्डिङ स्कुल र यस आसपास देखि ओम शान्तिको भवन सम्म अरुण खोलाले क्षति पु¥याएको छ ।

यसैगरी पहिरो कारण बन्द भएको कालपाण्डे मार्गमा डोजरले पहिरो हटाएपछि सञ्चालनमा आएको छ । वर्षाका कारणधादिङ बेसी–तिप्लिङ, धादिङ बेसी–खाल्टे–फोस्टार, धादिङ बेसी–सुनौलाबजार सडक खण्ड भने पहिरोका कारण अवरुद्ध रहेका छन् ।धादिङमा अहिले पनि बर्षा भईरहेको छ ।

धादिङ बेसीबाट सल्यानटारतर्फ लगिएको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेकाले धादिङको ज्वालामुखी, गङ्गाजमुना, त्रिपुरासुन्दरी र गोरखाको केही भागमा समेत विद्युत् सेवा अवरुद्ध भएको र मर्मत गरी सेवा सञ्चालनमा आउन करिब ३/४ दिन लाग्ने नेपाल विद्युत् प्राधिकरण धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • Post Thumbnail

    सुनचाँदी व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काभ्रेपलाञ्चोकमा पूर्वाधारतर्फ तीन सय योजना कार्यान्वयनमा

    Post Thumbnail

    कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

    Post Thumbnail

    एनपिएलको तयारी अन्तिम चरणमा

    Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution