Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सन्दर्भ करार म्याद थपको ।(सम्पादकीय)

प्रत्यूष ११४१ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १३, सोमबार (४ साल अघि)
सन्दर्भ करार म्याद थपको ।(सम्पादकीय)

धादिङ,१३ असार।
यतिखेर कतिपय स्थानीय तहमा करार सेवामा रहेका कर्मचारीकहरुको करार सेवाका लागी म्याद थप नगर्ने विषयको चर्चा भैरहेको छ । धादिङ जिल्लाकै सन्दर्भमा पनि करिब १ महिना अघिदेखी नै धेरैजसोा स्थानीय तहहरुले करार सेवामा रहेका कर्मचारीको म्याद थप नगर्ने बारे छलफल भएको बताइएको थियो ।

अन्ततः रुवी भ्यालि गाउँपालिकाले भने करारका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको छ र यति वेला जनप्रतिनिधिहरुको यो निर्णय उचित कि अनुचित भन्ने जस्ता विषयमा पनि व्यापक चर्चा भैरहेको छ । कतिपय स्थानीय तहहरुले करार सेवामा रहेका कर्मचारीहरुलाई साविकका समयमा भर्ति केन्द्रको रुपमा हेरेका छन् भने कतिपय स्थानीय तहले यो सापेक्षित भएको बुझाई बनाएका छन् त कतिपयले यस्तो निर्णय असान्दर्भिक निर्णय गरिएको भनेर आलोचना गर्नेहरु पनि उत्तिकै छन् ।

हुनत रुवी भ्याली गाउँपालिकाका स्थानीय नागरिकहरुको जनमतद्धारा निर्वाचित जनप्रतिनिधिहरुले यस्तो निर्णय गरेकोले यो निर्णय सबैले मान्नुपर्ने विषय भएको कुरा पनि बताइदै आएको छ, तर लामो समयदेखी करारको सेवामा रही काम गर्दै आएका कर्मचारीहरुलाई एकैचोटी विदाई गरिदिनुपर्ने जुन अवस्था आयो त्यो राम्रो पक्ष भने पक्कै होइन ।

करार सेवामा कार्यरत कर्मचारीहरु घर पठाउँदा नयाँ जनप्रतिनिधिहरु प्रतिको हेराई कस्तो होला? के राम्रो काम गरेको भन्दै बधाई पाउँलान् त? कि नराम्रा काम गरिएको भन्दै आलाचना बढ्ला? जनताबाट स्यावासी पाउलान् कि नपाउलान् ?त्यो भने हेर्न बाँकी नै छ । अबको केही समयपछि नै यो क्रियाकलापका बारेमा प्रारम्भीक संकेतहरु देखा पर्नेछन् । यस प्रकारका निर्णयको जस अपजस उनीहरु स्वयम्ले लिनुपर्ने हुन्छ।

अहिले करारका कर्मचारीहरु निकालिएको प्रति अर्को पनि गुनासोहरु आईरहेको छ त्यो के हो भने, करार सेवामा कार्यरत कर्मचारीहरु प्रति गएिको पूर्वाग्रह वा आफूहरुले नै कर्मचारी भर्ति केन्द्र बनाउन खोजिएको हो ? सबै करारका कर्मचारीहरुलाई फाल्ने वा घर जाउ भन्ने सोंच कसरी आयो उनीहरुलाई ? के सबै कर्मचारीहरु दक्ष नभएका, काम नगर्ने खालकै थिए?उनीहरुले सेवा राम्रो गरेनन् भन्ने खालको कुनै आधारहरु पनि नयाँ जनप्रतिनिधिहरुलाई छ त ?

कि छैन ? हचुवाकै भरमा निर्णय गरिएको हो ? कम्तिमा पनि केही थोरै मात्राका कर्मचारीहरुको त कामगर्ने क्षमता, सिप तथा कार्यालयलाई आवश्यक पर्ने खालका केही न केही गुणहरु त थिए होलान् नि? सेवामा प्रवेश गराइएका कर्मचारीहरुको मुल्याँकन कसरी गर्ने ? कि मुल्याँकन गर्ने विधि नै छैन ?

यि र यस्ता विषयमा समेत सोच्नुपर्ने थियो तर, कार्यालयमा रहेका प्रशासकीय अधिकृत देखी अधिकृत स्तरका या अन्य विभिन्न कर्मचारीहरु पनि नभएका होइनन् कम्तिमा पनि विधिको शासन सुरु गर्ने गरी सोच्नुपर्ने थियो नि हैन ?कि स्थायी सेवामा रहेकाहरुले सबै क्षेत्र वा विषयगत कामहरु गर्न सक्षम छन् यस्ता विषयमा चै ति जनप्रतिनिधिहरुको ध्यान गएको देखिएन ।

किनकी अघिल्लो कार्यकालका जनप्रतिनिधिले पनि तलवै खुवाउन मात्रै त भर्ति गरेका होइनन् होला । अहिलेका जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तह सम्वृद्धिका लागि जे जे गर्ने सोंच बनाएका छन् त्यो सोंच पुरा गर्न भने सबैले सहयोग गर्नुपर्छ । कामको रिजल्ट निस्कनका लागि हिजोका दिनका जस्ता कर्मचारीहरु थिए तिनीहरु भन्दा अझ क्षमतावान, दक्ष, र त्यही स्थानीय तहको विकासका लागि खट्ने खालका कर्मचारी नियुक्ती गर्न ढिलाई नगरुन्, कर्मचारी अभावका कारण सेवा दिन सकिएन भने अझ सममस्या आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution